को बामपन्थी को दक्षिणपन्थी ?

प्रकाशित मिति:

बामपन्थी र दक्षिणपन्थी शब्द अंग्रेजको लेफ्टिष्ट र राइटिष्टको नेपाली अनुवाद मानिन्छ । यसको उत्पत्ति फ्रान्सको राज्यक्रान्ति पछि व्यवस्थापिका राष्ट्रिय सभाबाट सुरु भएको हो । फ्रान्सको राज्यक्रान्ति पछि अग्रगामी परिवर्तनका पक्षधर र पुरानै यथास्थितीवादी व्यवस्थाका समर्थकहरु व्यवस्थापिका संसद घरमा छुट्टाछुट्टै बस्न थाले अग्रगामी परिवर्तनका पक्षधर बायाँ (लेफ्ट) र यथास्थितीवादीहरु दायाँ (राइट) तर्फ बस्न थाले । जसबाट लेफ्टिष्ट र राइटिष्ट भन्न थालियो । नेपालमा भने वामपन्थी भन्ने वित्तिकै कम्यूनिष्ट पार्टी, कम्यूनिष्ट विचार बोकेका व्यक्ति, माक्र्स, लेनिन र माओका विचारका अनुयायीहरु तथा त्यसमा आस्था राख्ने व्यक्तिहरु हुन भन्ने आम बुझाई छ । अझ सरलमा भन्दा कम्युनिष्ट भनेकै वामपन्थी र वामपन्थी भनेकै कम्युनिष्ट हुन भन्ने अधिकांशको बुझाई छ ।

तर त्यसो होइन कुन दल कुन राजनैतिक धार अंगिकार गरेको छ तत् अनुरुपको वामपन्थी र दक्षिणपन्थी भनि छुट्याउनु पर्छ । जसले अंगिकार गरेको हरेक विषयवस्तु या एजेण्डा उदारवादी र परिवर्तनकारी छ, त्यस्ता आमुल परिवर्तन चाहने प्रगतिशिल कित्तामा लाग्ने, जो स्वतन्त्रता, राज्य नियन्त्रित अर्थ व्यवस्था, लोक कल्याणकारी राज्य र सामुहिकतामा जोड दिंदै प्रगति तथा सुधारमा विश्वास राख्नेहरु वामपन्थी हुन । यस अर्थमा वामपन्थी भनेको क्रान्तीकारी र परिवर्तनकारी चरित्र हो । त्यस्तै दक्षिणपन्थीहरु कुनै पनि क्रान्ति वा परिवर्तन तथा व्यवस्थाको सुधारका लागि तैयार हुँदैनन् । परम्परावादी, यथास्थितीवादी र रुदीवादी विचारधाराको पक्षपाती हुन्छन् । जसले संघीयता, समावेशिता, आरक्षण, सहभागिता, सामुहिकता आदि स्विकार गर्न कठिन मान्दछन् । जाति, वर्ग, वर्ण, लिङ्ग, नश्ल या कुनै समुदायको सर्वोच्चतालाई स्विकार गर्न पछि पर्दैनन् । धार्मिक राज्य हुनु पर्छ भन्ने मान्यता राख्दछ ।

सामुहिकतामा होइन व्यक्तिवाद सोंच राख्दछन् जसले निजि सम्पत्ति हुनुपर्छ भन्दै पूँजीवादी अर्थ व्यवस्थाको पक्षपाती हुन्छन् । यसरी हेर्दा कुनै व्यक्ति वा दलले कुनै एउटा विषय (एजेण्डा) मा वामपन्थी र अर्को विषयमा दक्षिणपन्थी अडान या रुची राख्न सक्दछ । त्यस्तै एउटै दल या पार्टीमा नेता पिच्छे दक्षिणपन्थी र वामपन्थी दुवै हुन सक्छन । वि.सं. २००६ सालमा पुनं गठित नेपाली कांग्रेस देशमा आमुल परिवर्तनका खातिर लड्यो, संविधान सभाको मार्फत देशको कानुन बन्नु पर्छ भन्नेमा रह्यो । जहांनिया राणा शासन अन्त्य गर्ने देखी वंशिय राजतन्त्रको अन्त्य सम्मको नेतृत्व ग¥यो । समानता, समावेशीता, लोकतान्त्रिक समाजवाद जस्ता मान्यता बोक्यो । राजा रजौटा उन्मुलन, कमैया प्रथा हटाउने, भूमी सुधार लागु गर्ने जस्ता बीपिका वामपन्थी एजेण्डा बोक्यो । हालका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सन् २००० मा दलित आयोग, मुस्लिम आयोग, महिला आयोग बनाएर समावेशि निति निर्माण गरे ।

६२÷६३ को आन्दोलनमा नेतृत्वको भुमिका निर्वाह गर्दै गणतन्त्र ल्यायो । ६२÷६३ कै आन्दोलनताका गणतन्त्रका खातिर ढुङ्गा उठाउने गगन थापा, प्रदिप गिरी, नरहरी आचार्य, बालकृष्ण खाँण सबै वामपन्थी लाइनका नेता हुन् । जुन पार्टीले देशका मुख्य सबै परिवर्तनको नेतृत्व ग¥यो त्यो पार्टि कुनै हालतमा दक्षिणपन्थि हुन सक्दैन । त्यो वामपन्थी पार्टी नै हो । नेपाली कांग्रेसले अंगिकार गरेको लोकतान्त्रिक समाजवाद (बीपि मोडल) कम्यूनिष्ट समाजवादको अझ परिस्कृत (अपडेटेड) मोडल हो । किनकी विश्वमा पूँजीवादी अर्थ व्यवस्थाको विकल्पमा कम्यूनिष्ट समाजवाद (जहाँ लोकतन्त्र र मानवअधिकारको प्रत्याभूति हुँदैन) आयो । त्यसपछी कम्युनिष्ट समाजवादको विकल्पमा लोकतान्त्रिक समाजवाद (बीपी मोडल) आयो । बीपीको समाजवादमा प्रजातन्त्रको अनिवार्यता छ । प्रजातन्त्र भनेको अधिकार हो। प्रजातन्त्र भनेको बोल्न पाउने अधिकार, दल खोल्न पाउने अधिकार, निर्वाचनमा सहभागिताको अधिकार, समानता, समावेशिता, मानब अधिकार आदि अधिकारको प्राप्ति हो । अधिकार दिदैनौ रोटि दिन्छौ भन्ने कम्यूनिष्ट समाजवाद सुनको पिंजडामा थुनेर टन्न खान दिन्छौ भने सरह हो । यसैले कम्यूनिष्ट समाजवाद विश्वमा असफल हुदै गइरहेको छ । जसरी पुँजीवादी व्यवस्थाको लागि कम्यूनिष्ट समाजवाद वामपन्थ हो । त्यस्तै कम्यूनिष्ट समाजवादका लागी लोकतान्त्रिक समाजवाद वामपन्थ हो । किनकी सुधार गर्दै अझ परिस्कृत हुनु वामपन्थ हो । कम्युनिष्ट विचार बोकेकालाई अव बामपन्थी भन्न मिल्दैन । यसैले नेपालमा लोकतान्त्रिक पार्टीमा उत्कृष्ट वामपन्थी पार्टी नै नेपाली कांग्रेस हो ।