नारी- दिपिका रेग्मी

प्रकाशित मिति:

 एकै कारव हो दुवैको तर छोराको छैटी मनाइयो
तर छोरी हो भविष्य सम्झी टाउको अहिले नै समाइयो ।
जन्म सत्कारमानै छोरालाई मान छोरीलाई थाउनामा अढाउने ।
समय सापक्ष छ पछि उ नै होला बृदा आश्रम” पठाउने ।
हुर्कदै जादा एउटालाई एउटालाइ कलम थमाइयोअकोलाई चुलोचौका थमाइयो ।
छोरा पढी लेखी पाल्छ भन्दै छोरीलाई घर भित्रनै अडाइयो ।
कस्तो दृष्टि हो ए समाजको भलाद्मी आफ्नो छोरी सम्हाल अरे ।
लाउने आँखा पुरुषका तर आफ्नो इज्जत नफाल अरे ।
अस्मिता लुटिन्छन नारीका तर पुरुष न डर न लाजमा ।
लज्जित अझै नारी नै हुन्छिन् परिवार र समाजको माझमा ।
बलात्कारी फरार हुन्छ तर पिडितको माथमा छाप रहन्छ ।
एक बलात्कारीको कारण जिन्दगीनै अभिशापमा रहन्छ ।
कस्तो अभागी जन्म लिएछु पकृतीले ठग्यो मलाइ ।
चाहान्छु म समान हुन तर पाउदिन पुरुष अगि नलाई ।
स्त्रीकै साथले हेर आज कयौ शिखर चढेका छौ ।
तर हामी रजस्वला र मातृत्व संगैअझै बढेका छौ ।
गर्भधारणको पिडा जस्ले सहेन उस्लाई अझै छोरा चाहिन्छ ।
छोरी जन्मी मन खिन्न भयो दोष उसैलाई लाइन्छ ।
सयौ दुख ओठमा हासो आँसु लुकाइ उनी रुन्छिन ।
दमन , शोषण , वलात्कार , बोक्सी पनि उनै हुन्छिन ।
विवाह अघि जन्म घर विवाह पछि कर्म घर ।
विवाह अघी पिता को भर विवाह पछी पतिको भर ।
धोको थियो नाम कमाउने थर मात्र परिवर्तन आज |
रुप र सन्तान चाहिदैमा २ / ४ पत्नी सोखैसोखमा । .
तर सँगै हिडिन पुरुष सँग चर्चा सबै चोकै चोकमा ।
भन्नलाई त कमजोर महिला तर सहज छैन गर्भधारण
फुर्ती किन पुरुष वर्ग धर्ती टेकेउ नारी कै कारण ।
कदर गर्न सिक चाडै भोली तिम्री छोरी होली
सुन्दा बाबा क्लात्कारी उनी एकदिन पक्कै रोली
तिम्री बैनी फुल अरे अर्काकीलाई माल नभन ।
हुनलाई मान्छे तिमी सिङ विनाको मानव नबन ।  #लेखक दिपिका रेग्मी