५ पुस, काठमाडौ । नेताहरुको विवादका कारण नेपाली कांग्रेसको महासमिति बैठक लम्बिएको छ । मंगलबार नै सक्नुपर्ने महासमिति बैठमा विधानको मस्यौदा समेत पेश भएको छैन । आज सहमति गरेर मस्यौदा पेश गर्ने तयारी छ । कांग्रेसमा एक जना सभापति, दुई–दुई जनाका दरले उपसभापति, महामन्त्री र सहमहामन्त्री गरी कुल ६ जना र कोषाध्यक्ष एक गरी आठ जना पदाधिकारी रहने सहमति भएको थियो । तर महासमिति बैठकमा पेश गर्ने तयारी लगत्तै विरोध भएपछि फेरि रोकिएको छ । पदाधिकारी बन्नका लागि कोषाध्यक्षबाहेकका सबै पदमा महाधिवेशनबाट निर्वाचित हुनुपर्ने व्यवस्था गरिएको छ । निर्वाचित केन्द्रीय सदस्यमध्येबाट एकजना कोषाध्यक्ष सभापतिले मनोनीत गर्नेगरी विधानको मस्यौदामा सहमति भएको हो ।
केन्द्रीय कार्यसमितिको आकार८५ बाट बढाएर १ सय ६१ पु-याइएको छ ।महासमिति बैठकस्थल पनि आजदेखि सरेको छ । आजदेखि पार्टी कार्यालय सानेपामा नै बैठक बस्ने भएको छ ।












