नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं २ ख को वैठक सम्पन्न

प्रकाशित मिति:

स्याङ्जा । नेपाली कांग्रेस स्याङ्जा संघीय निर्वाचन क्षेत्र नं २ प्रदेश निर्वाचन क्षेत्र “ख“को वैठक गल्याङको पार्टी कार्यलयमा सम्पन्न भएको छ । संघीय निर्वाचन क्षेत्र नं २ प्रदेश निर्वाचन क्षेत्र “ख“का सभापती महेश भटराईको अध्यक्षता तथा सचीव गोकर्ण भटराईको सन्चालनमा भएको वैठकले विभिन्न महत्वपुर्ण निर्णयहरु गरेको छ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमीतीले प्रदेश ख अन्तरगत पर्ने २६ वटै वडामा खटाएका प्रतिनीधीहरुलाई कार्यक्रमहरु सन्चालन गर्न समन्वय गर्ने । नयां वर्षको अवसरमा प्रकाशीत भित्तेपात्रोलाई सवै वडाहरुमा वितरण गर्ने । गण्डकी प्रदेशवाट आउनु भएका प्रतिनीधीहरुसंग नगर तथा गाउपालीकाका सभापती पदाधीकारी कृयाशील सदस्य र साधारण सदस्यका विच हुने अन्तकृया कार्यक्रम लाई भव्य वनाउन समन्वय गर्ने । कार्यक्रम गल्याङनगरपालीकामा १० गते , चापाकोटनगरपालीकामा १२ गते र कालीगण्डकीगाउपालीकामा मा ११ गर्ने निर्णय भएको छ ।

त्यस्तै त्यस्तो निर्वाचन नजीकीदै गर्दा २ ख अन्तरगतको प्रदेश भरी हुने नेपाली काग्रेसका गतीविधिलाई जनताका विचमा पुर्याउन सुचना प्रवाहका लागी प्रेस संयोजकको जिम्मेवारी साधना न्यौपानेलाई दिने निर्णय भएको छ । त्यस्तै आर्थिक गतीविधीलाई पारदर्शी वनाउन खाता सन्चालन गर्ने निर्णय भएको छ । वैठकमा नेपाली कांग्रेस स्याङ्जा संघीय निर्वाचन क्षेत्र नं २ प्रदेश निर्वाचन क्षेत्र “ख“ भित्र पर्ने नगर तथा गाउपालीकाका सभापतीहरुको पनी उपस्थीती रहेको थियो ।