रेडक्रसको प्रदेश स्तरिय कार्यशाला पोखरामा सुरु

प्रकाशित मिति:

नेपाल रेडक्रस सोसाईटी गण्डकी प्रदेश समितिले पोखरामा तीन दिने कार्यशाला सुरु गरेको छ । आठौँ विकास तथा राष्ट्रिय सोसाईटी विकास योजना स्थानीयकरण र महिला, युवा र सीमान्तकृत समूह सदस्यता विस्तार कार्याशाला रेडक्रस गण्डकीले पोखरामा सुरु गरेको हो ।
तीन दिनसम्म चल्लने कार्यशालामा गण्डकी प्रदेशका ११ जिल्लाबाट शाखा प्रतिनिधि र युवा रेडक्रस सोसाइटिका प्रतिनिधि सहभागि छन् ।
कार्यशालको उद्याटन कार्यक्रममा बोल्दै रेडक्रस गण्डकीका सभापति सूर्यप्रसाद ढकालले विपद् लगायतका कार्य संचालन गर्न कार्ययोजना बनाउन कार्यशाला आयोजना गरिएको बताए । गण्डकी प्रदेश सरकारसंग रेडक्रसले सहकार्य गदैँ आएको र आगामी दिनमा पनि सरकारसंग मिलेर काम गर्नुपर्ने ढकालले औंल्याए । कार्यक्रममा बोल्दै आइएफआरसीका प्रोग्राम कोअर्डिनेटर हर्भ गजेभले रेडक्रसको कामलाई स्थानीयकरण गर्नु आवश्यक रहेको बताए ।

अमेरिकन रेडक्रस पिएमइआर म्यानेजर दिक्षा खड्काले गण्डकी प्रदेशको उत्कृष्ट एक्सन प्लान बनाउन सहभागीलाई शुभकामना दिइन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यायलय गण्कडीका उपसचिव प्रविन ढकालले स्थानीय स्तरमा कसरी समेट्ने भन्ने चुनौति रहेको बताए ।
नेपाल रेडक्रस सोसाइटीका उपकार्यकारी निर्देशक सुदर्शन अधिकारीले नेपाल सरकारले तयार पारेका रणनीतिहरुलाई योगदान गर्ने गरि रेडक्रसले योजना बनाउने बताए । नेपाल रेडक्रसले सन् २०२२ देखी २०२५ सम्मको कार्ययोजना बनाएको अधिकारीले बताए । यस्तै सातै प्रदेशमा पनि प्रदेश अनुसारको कार्यायोजना बनाउने क्रमम वागमती प्रदेश पछि गण्डकीमा देस्रो कार्यशाला आयोजना गरिएको उनले जानकारी दिए ।