गल्याङमा घर भत्कीदा भएको क्षतिले मर्माहत भएको छुँ : भागवतप्रकाश मल्ल

प्रकाशित मिति:

पोखरा । गण्डकी प्रदेश सभा सदस्य भागवतप्रकाश मत्लले स्याङ्जा गल्याङ नगरपालिका–१० डुविनडाँडामा घर भत्कीएर एक जनाको मृत्यु भएको घटना प्रति दुख: व्यक्त गरेका छन् । शुक्रबार श्रदाञ्जली तथा समवेदना बक्तव्य जारी गदै मल्लले असार १५ गते राति परेको अविरल वर्षाका कारण ढाकारामा भट्टराईको घर र गोठ समेत भत्किदा उहाँकी १५ वर्षीय छोरी रेखाको निधन भएको र १६ वर्षीय छोरा लक्ष्मीकान्त घाइते भएको खवरले आफु मर्माहत भएको बताएका छन् ।

दुखद् घटनामा परेर दिवंगत भएकी रेखा प्रति भावपूर्ण श्रद्धाञ्जली, घाइतेको स्रिघ स्वास्थ्य लाभको कामना गदै मल्लले परिवारजनमा समवेदना व्यक्त गरेका छन् । वर्षातको समयमा हुन सक्ने प्राकृतिक विपत्तीबाट जोगिन पूर्ण सावधानी अपनाउन समेत प्रदेश सभा सदस्य मल्लले अनुरोध गरेका छन् ।