“गजलकारले गुरुहरूलाई गजलबाटै ढोगे”

प्रकाशित मिति:

माता,पिता जन्म दिलाउने गुरुहरूलाई प्रणाम्।
अध्यापनमै जीवन बिताउने गुरुहरूलाई प्रणाम्।

हामी जेले चिनिन्छौं र हामीलाई जेले चिन्छन् सबै
न्वारानमा नाम मिलाउने गुरुहरूलाई प्रणाम्।

मैनवत्ती जस्तै गरि अाफू जल्दै,प्रकाश छर्दै विद्याको
शिष्यकै प्रगति चिताउने गुरुहरूलाई प्रणाम्।

अनुशासित्,कर्तव्यनिष्ठ,नैतिकवान् हुनुपर्छ भन्दै
जीवन जिउन सिकाउने गुरुहरूलाई प्रणाम्।

ज्ञान अार्जन् गरेका शैक्षिक् जनशक्ति तयार पारी
बृहत्तर् जगतमा बिकाउने गुरुहरूलाई प्रणाम्।

लेख्दा अौंला खियाइ,बोल्दा कण्ठ सुकाइ विद्यार्थीलाई
देश,विदेशमा जिताउने गुरुहरूलाई प्रणाम्।

क-क,न-न सिकाउँदा होस्,उच्च शिक्षा पढाउँदा होस्
ध्यानको,ज्ञानको अमृत् पिलाउने गुरुहरूलाई प्रणाम्।

रचनाकार~पूर्ण भण्डारी “पवित्रदीप”