गल्याङलाई स्वच्छ, सफा र हराभरा नगर बनाउन बृक्षारोपणको अभियानमा जुट्यौं : मेयर भट्टराई ।

प्रकाशित मिति:

टीकाराम अधिकारी ,गल्याङ -गल्याङ नगरपालिका भित्र २० हजार वृक्षारोपण गरेर गल्याङ नगरपालिकालाई स्वच्छ, सफा र हराभरा नगरको रुपमा परिणत गरिने भएको छ ।नगर प्रमुख गुरु प्रसाद भट्टराईका अनुशार गल्याङलाई बृक्षारोपण गरेर नगरलाई स्वच्छ, सफा र हराभरा पालिकाको रुपमा बिकास गरिनेछ ।‘समृद्वि र समुन्नतीको लागि सुन्दर र हरियाली गल्याङ नगरपालिका’ भन्ने मूल नराका साथ सव डिभिजन वन कार्यालय गल्याङको प्राविधिक सहयोग र गल्याङ नगरपालिका गल्याङको आयोजनमा लल्याङ देखि जिमुहा सम्मको पक्की सडक किनारामा वृक्षारोपण कार्यक्रम शुरु गरिएको हो ।

जि एन ७९४२६०१ कार्यक्रम अन्र्तगत रहेर वातावरण संरक्षण गर्ने र नगरलाई हरियाली बनाउने अभियानमा आफूहरु प्रचार गर्ने भन्दा पनि काम गर्ने अभियानका साथ अगाडि बढेको नगर प्रमुख भट्टराईको भनाई छ ।उहाँले वृक्षारोपणले वन तथा वातावरण संरक्षण हुनुको साथै मानव जीवनको समेत स्वच्छ हावा लिन टेवा पुग्नुको साथै सडकको संरक्षणमा बोटविरुवाको महत्वपूर्ण भूमिका हुने र सडकको आयूसमेत लामो हुने घाम पानीले समेत सडकलाई प्रभावन नपार्ने बताउनु भयो ।

उहाँले भन्नु भयो वृक्षारोपणले वाढी पहिरो भूक्षय हुनबाट समेत सहजै जोगाउन सकिन्छ, त्यस्तै पानीका मुहानको पनि संरक्षण हुनेछ ।
सव डिभिजन वन कार्यालय गल्याङका प्रमुख रुक्मागत सुबेदीले कपुर, बीरेन्द्र फूल,मेङ्गो स्टिम,गुल्मल, लगायत ५०० विरुवा पहिलो चरणमा रोपिएको जानकारी दिनुभयो । उहाँले भन्नु भयो आगामी दिनमा यसलाई नगरपालिका भित्रका विभिन्न सडक छेउछाउ तथा खाली ठाउँहरुमा वृक्षारोपण गरी अभियान सञ्चालन गर्नेछौं । स्थानीय सरकार, वन कार्यालय र स्थानीयको सहभागितामा सडक र वनलाई संरक्षण गर्ने अभियानमा सहकार्य गरेर अगाडि वढेको स्थानीय समाजसेवी द्रबेन्द्रदेव खनाको भनाई छ ।