प्रदेश सभा सदस्य हुने दौडमा युवा नेता भट्टराई

प्रकाशित मिति:

तनहुँ । नेपाल विद्यार्थी सङ्घका निवर्तमान महामन्त्री तथा युवा नेता दीपक भट्टराई तनहुँबाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचन लड्ने तयारीमा जुटेका छन् । पार्टीभित्र युवा पुस्ताको प्रतिनिधित्व गर्दै आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा क्षेत्र नं १ बाट प्रदेश सभा सदस्यमा आफ्नो उम्मेदवारी दाबी गरेका हुन् । पार्टीिभित्र मेहनत र परिश्रमले राजनीतिक उचाइतर्फ लम्किरहेका नेताका रुपमा भट्टराईलाई लिइन्छ । छलाङ मारेको व्यक्ति हुन् भट्टराई । जुझारु नेता भट्टराई नेविसंघको महामन्त्री, महाधिवेशन प्रतिनिधिको हैंसियतमा लगनशिलता कार्यकुशलता, इमान्दारपूर्वक गरेकाले जिल्लामा सबैले उनको उम्मेदवारीलाई स्वभाविक रुपमा समेत लिएका छन् । यसै पृष्ठभूमिका कारण प्रदेशको निर्वाचनमा पार्टीको तर्फबाट सबैभन्दा लोकप्रिय नेताका रुपमा भट्टराईलाई हेरिएको छ ।

युवाको भविष्यका लागि, मुलुकको समृद्धि, तनहुँको परिवर्तन र प्रगतिको लागि आफनो उम्मेदवारी भएको नेता भट्टराईले दमौलीमा पत्रकार सम्मेलन गरी बताए । देशको नेतृत्व तनहुँले गर्नुपर्ने र तनहुँको नेता हाम्रो भिरपाखाको मात्रै हैन देशकै नेता बन्नुपर्ने भट्टराईको भनाई छ ।‘हामी हाम्रो भूगोलसँगै समग्र देशको विकास गछौं’ भन्दै भट्टराईले युवाको सोचले नै मुलुकको समृद्धिको आधार भएकोले राजनीतिक दल युवाको मनमुटुमा बस्न सक्नुपर्ने बताए । ‘अबको नेपाल कस्तो बनाउनु पर्छ भन्ने सुरुवात तनहुँबाट गर्नुपर्छ त्यसको लागि मेरो उम्मेदवारी दाबी हो’ नेता भट्टराईले भने । हिजो गुजरातमा गरेको विकासका कारण भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लोकप्रिय भए झैं तनहुँमा नमुना काम गरेर देशकै नेता हुन सक्नुपर्ने उनको भनाई छ ।

ु२१ औं शताब्दी नेपाल कस्तो हुनुपर्छ भन्ने सुरुवात आफैबाट गर्न चाहन्छुु भट्टराईले भनेु युवासँग क्षमता र सामर्थ्य छ तर सोच नभएकोले पछि परेका छौं’ । अब केवल आफ्नो बारेमा सोच्ने नेता हैन, आफू धनी हुने नेता हैन नेपाललाई धनी बनाउने नीति चाहिएको भट्टराईको धारणा छ । २०५२ सालको शिक्षा सेवा आयोगमा निमावि तहको नाम निकालेर पनि अन्तरवार्ता नदिइ राजनीतिमा होमिएका थिए भट्टराई । राजनीतिको माध्यमबाट देश परिवर्तन गर्न लागेको उनी बताउँछन् । भट्टराई हाल त्रिभुवन विश्वविद्यालयबाट द्वन्द्व व्यवस्थापन विषयमा विद्यावारिधि पीएचडी गर्दै छन् । उनले समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् ।