रहेनन् पञ्चेको विरुद्ध बम बोक्ने नायक

प्रकाशित मिति:

नेपालको पहिलो स्वत्रन्त्रताको राजनीति गर्ने नेपाली काँग्रेसका एउटा हस्ती स्याङ््जाको इतिहास थाहा पाउने एक नायक काग्रेसले बिदाई गरेको छ । नेपाली राजनीतिकाका हस्ती विपि कोइरालाकाका नजिकका व्याक्ति शिवकुमार अधिकारी आज स्याङ््जावासीले गुमाएको छ । प्रजातन्त्रका सेनानी शिब कुमार अधिकारीको ७९ बर्षको उमेरमा निधन भएको छ । चार महिनाबाट मस्तिष्क घातका कारण उपचाररत रहेका अधिकारीको मंगलबार घर ल्याउने क्रममा बाटोमा निधन भएको हो । विसं १९९७ बैसाख २० गते रुक्मागत अधिकारी तथा लिलावती अधिकारीको माइलो सन्तानका रुपमा जन्म लिएका अधिकारीका सबै परिवार राजनीतिक थिए । उनैले सिकाएको बाटो अवलम्वन गरेका अधिकारी परिवार राज नेताका रुपमा मान्ने गरेका थिए । स्याङ््जाको लोकतान्त्रिक व्याक्तिका रुपमा चिनिएका अधिकारी तत्कालिन पञ्चचायतका विरुद्ध लड््ने एक याद्धाको रुपमा चिनिन्थे । उनी सगै राजनीति गरेका भानेजाराज अर्यालका अनुसार अधिकारी एक क्रोद्ध र समाजवादी नेता थिए । नेपालको पछिल्लो राजनीतिक अवस्थाले चिन्तित अधिकारी आफ््ना शहयोद्धा पछि परेको देख्दा चिन्तित देखिएकाका थिए । २०१७ सालको राजनीतिक कू पछि नेपाली काँग्रेसमा आवद्ध भई राजनीतिक यात्रा शुरु गरेका अधिकारी नेपाली काँग्रेस जिल्ला कार्यसमिति स्याङ््जाको सदस्य, सचिव हुदै महाधिबेशन प्रतिनिधि र महासमिति सदस्य बनेका थिए । काँग्रेसले आव्हान गरेको सशस्त्र आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने क्रममा २०३१ साल साउन ४ गतेको बमकाण्डका क्रान्तकारी योद्धा अधिकारी हातहतियार सहित पक्राउ परेका थिए । हातहतियार तथा खरखजना मुद्धामा तीन वर्ष सात महिना लामो कठोर काराबासपूर्ण यातना भागेका अधिकारी तीन वर्ष ६ महिना निर्वासनमा विताएका व्याक्ति हुन्् । नेपालमा प्रजातन्त्र स्थापनार्थ निरंकुश पञ्चायत व्यवस्थाको विरुद्ध रक्तहस्ताक्षर गरी प्रतिवद्धता जाहेर गर्ने पाँच जना स्याङ््जा काँग्रेसका नेता मध्येका एक हस्ती उनी हुन्् । स्व अधिकारी २०४९ सालमा सम्पन्न स्थानीय निकायको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट जिल्ला विकास समिति स्याङ््जाको पहिलो सभापति निर्वाचित भएका व्याक्ति पनि हुन्् । पौष १० गते मंगलबार निधन भएका अधिकारीको बुधबार पुतलिबजार नगरपालिका १२ मा सब यात्रा पश्चात रामनदी धाममा अन्त्येष्ठि गरिएको छ । स्वर्गीय अधिकारीका दुई श्रीमती, तीन छोरा, एक छोरीे छन्् । अधिकारीका छोरा सुबोध अधिकारी शसस्त्र प्रहरीको डिआइजीमा निबृत्त र अर्का छोरा बन कार्यालयका उच्च पदमा छन्् । स्व अधिकारीको पार्थिब शरिरलाई सोपान आवासिय माबिको प्राङ््गणमा नेपाल सरकारका भुमि ब्यवस्था, सहरकारी तथा गरिबी निवारण मन्त्री पद््मा अर्याल, नेपाली काग्रेसका केन्द्रिय सदस्य गोपालमान श्रेष्ठ, धनराज गुरुङ, प्रतिनिधी समा सदस्य तथा प्रदेश सभा सदस्य, काग्रेस तथा नेकपाका नेता तथा कार्यकर्ताले समबेदना प्रकट गरेका थिए ।
नेपाली काग्रेस स्याङ््जाले समाजसेवी, बौद्धिक व्यक्तित्व, प्रजातन्त्र सेनानी अधिकारीको निधनले नेपाली काँग्रेस स्याङ््जा गहिरो चोट परेको बताएको छ । काग्रेस जिल्ला प्रबक्ता इन्द्र गोदारले प्रकाशित शोक बिज्ञप्तीमा अधिकारीको सम्मानमा नेपाली काँग्रेस स्याङ््जाको जिल्ला कार्यालय तीन दिनसम्म बन्द गर्ने, पार्टीको झण्डा १३ दिनसम्म आधा झुकाउने र पार्टी कार्यालय स्याङ््जामा शोक पुस्तिका राख्ने बताइएको छ । नेपाली काग्रेसका नेता तथा प्रजातन्त्री सेनानी शिब कुमार अधिकारीको निधनमा पार्टीको चार तारे झण्डा ओडाउन रोक लगाइएको छ । नेपाली काग्रेसले स्थानिय, जिल्ला एवं केन्द्र सम्मका नेता तथा कार्यकर्ता निधन हुदाँ पार्टीको भण्डा ओडाउने गरेकोमा अधिकारीको पार्थिब शरिरमा झण्डा नओडाउदा सबै काग्रेसीहरु चिन्तित बनेका थिए । प्रजातन्त्रको रक्षामा अतुलनिय योगदान पुराएका अधिकारीलाई बाचुन्जेल कुनै सम्मान नगर्ने र मृत्यु पश्चात झण्डा ओडाउनुको कुनै अर्थ नभएको भन्दै परिवारले रोक लगाएका हुन्् ।