वालिङको बर्तमान अवस्था र भावी गन्तव्य बिषयमा अन्तरक्रिया

प्रकाशित मिति:

शनिबार आज वालिङमा वालिङ नगरपालिकाको आयोजनामा “वालिङको बर्तमान अबस्था र भाबी गन्तव्य” बिषयक अन्तरक्रिर्या कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा कानुन , न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ,पुर्व मन्त्री पद्मा कुमारी अर्याल,गोपालमान श्रेष्ठ,गण्डकी प्रदेश खानेपानी मन्त्री सरस्वति तिवारी,प्रदेश सांसद भोजराज अर्याल,कल्पना तिवारी,पुर्व प्रदेश सांसद मोहन रेग्मी, लगायत विभिन्न पार्टीका अगुवा नेताहरू,बुद्धिजीवी,समाजसेवी,प्राध्यापक,नागरिक समाज,पत्रकार,व्यवसाय तथा सचेत एवम् अगुवा नागरिकको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको नगर प्रमुख कृष्ण खाणले बताउनुभएको छ ।

कार्यक्रममा वालिङको हालको अवस्था र भावी रणनीति बारे छलफल हुने छ  नगरकोभौतिकपुर्वाधार,शिक्षा,स्वास्थ,यातायात,सुशासन,मानवअधिकार लगायत विभिन्न क्षेत्रका बारेमा बहस तथा छलफल हुने बुझिएको छ ।