नि:शुल्क वृहत् आँखा शिविर सम्पन्न

प्रकाशित मिति:

जि.के.पाण्डे- असोज ६ , विभिन्न पेशा,व्यवसाय अंगालेर पोखरामा रहँदै आएका कालीगण्डकीवासि पोखरेलीहरुले सामाजिक सेवा भावका साथ गठन गरेको संस्था “कालीगण्डकी स्याङ्जा पोखरा सम्पर्क समाज”को आयोजना एवं हिमालयन आँखा अस्पताल घारिपाटन पोखराको प्राविधिक सहयोगमा कालीगण्डकी ७ स्थित मिर्मी बहुमुखि क्याम्पसमा संचालित वृहत नि:शूल्क आँखा शिविर आज सम्पन्न भएको छ।
कालीगण्डकी गाउँपालिकाले सहयोग एवं सहजीकरण गरेको आँखा शिविरको गण्डकी प्रदेशसभा सदस्य माननीय महेश भट्टराईले औपचारिक शुभारम्भ गर्नुभएको थियो।
बिहान ७:३० देखि साँझ ४:३० बजेसम्म संचालित शिविरमा कालीगण्डकी एवं सो आसपासका करिव १०६२ जना आँखाका रोगिहरुले आँफ्नो आँखाको परिक्षण गराएका थिए।
जसमध्ये ५३२ जनालाई चस्मा वितरण गरिएको थियो भने शिविरमा वितरण गरिएको चस्माको प्रायोजन पुस्तकालय महासंघ नेपालका महासचिव राजेन्द्र प्रसाद पाण्डेले गर्नुभएको थियो त्यस्तै शिविरमा वितरण गरिएको औषधीको प्रायोजन नेशनल हेल्थकेयर प्रा.लि. का म्यानेजर दशरथ पाण्डेले गर्नुभएको थियो।
शिविरमा परिक्षण गरिएका मध्य ५० जनालाइ थप उपचारको लागि रिफर एवं ३० जनालाई सल्यक्रियाको लागि पठाइएको संस्थाका अध्यक्ष लक्ष्मण न्यौपानेले सबल नेपाललाइ जानकारी गराउनु भएको छ।
आज सम्पन्न भएको एकदिने नि:शुल्क बृहत स्वास्थ्य शिविरको समापन कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले गर्नुभएको थियो।
संस्थाले विभिन्न बेला पर्वमा पोखरामा रहेका कालीगण्डकीवासिलाई विभिन्न कार्यक्रम आयोजना गरि जमघट गराउनुका साथै मानवसेवाका कामहरुलाई निरन्तरता दिँदै आएको छ।