धार्मिक-साम्प्रदायिक सद्भाव खल्बलिन नदिन गम्भीरतापूर्वक लाग्नुपर्ने माओवादीको निष्कर्ष

प्रकाशित मिति:

काठमाडौं, असोज – नेकपा माओवादी केन्द्रले धार्मिक र साम्प्रदायिक सद्भाव कायम गर्न गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिएको छ।पार्टी कार्यालय पेरिसडाडामा बिहीबार बसेको माओवादी पदाधिकारी बैठकले देशका विभिन्न स्थानमा धार्मिक र साम्प्रदायिक सद्भाव खलबलिने कार्य भएरहेकाले सामाजिक सद्भावलाई कायम गर्न गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिएको हो ।बैठकपछि माओवादी प्रवक्ता अग्नि सापकोटाले धार्मिक र साम्प्रदायिक सद्भाव खलबलिन नदिन समस्याहरुलाई समाधान गर्ने दिशातर्फ जानुपर्नेमा बैठकको जोड रहेको बताए।

प्रवक्ता सापकोटाले सामाजिक सद्भाव कायम राख्ने बिषयमा सवै पार्टी पङ्तीहरुले नेतृत्वदायि भूमिकाका साथ गम्भीर भएर सवैसंग छलफल गर्नुपर्ने बताए।त्यस्तै बैठकमा बिद्यालय शिक्षा सम्बन्धी विधेयक र राहत शिक्षकको गुनासोको बिषयमा छलफल भएको र शिक्षकहरुको जायज मागलाई पूरा गर्न सम्बन्धीत पक्षसंग गहन रुपमा छलफल गर्नुपर्ने पार्टीको ठहर रहेको प्रवक्ता सापकोटाले जानकारी दिए।उनले जनतासँग माओवादी विशेष रूपान्तरण अभियानलाई प्रभावकारी बनाउने बारेमा पनि बैठकमा छलफल भएको जिकिर गरे।