गैरआवासीय नेपाली संघ एनआरएनएको ११ औं महाअधिवेशनका लागि वर्तमान आइसीसी उपाध्यक्ष धर्मराज अधिकारीले उपाध्यक्ष पदमा पुनः उम्मेदवारी दिने घोषणा गरेका छन् ।अस्ट्रेलियामा सफल व्यवसायी एबं सामाजिक व्यक्तित्वको पहिचान बनाएका अधिकारीले ूसंस्थागत विकास, भावनात्मक एकतास साझा एनआरएन हाम्रो प्रतिवद्वताू भन्ने नाराका साथ गैर आवासीय नेपाली संघको आगामी कार्यकाल २०२३–२०२५ लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन ।अष्ट्रेलियामा मात्र नभएर विश्वभर रहेका नेपाली समुदायमा सामाजिक कार्यकर्ताका रुपमा परिचित अधिकारीले कार्ययोजना सहित केही दिनमा निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने जनाएका छन् ।
एनआरएनए भनेको नेपाल छाडेर विदेश आएका गैरआवासीय नेपालीहरुको डायस्पोराको साझा संस्था भएको बताउने अधिकारी एनआरएनएमा धनी, गरीब, शिक्षित, अशिक्षित सबै अटाएका र आफुले सिकेको सीप र आर्जन गरेको सम्पतिलाई स्वदेशमा लैजान एक मत हुने बताउँछन् ।निकै मिलनसार र भद्र व्यक्तित्वको रुपमा परिचित अधिकारी आफ्नो क्षेत्रको मात्र नभएर ओसियाना , अमेरिकी , एसिया प्यासिफिक, मध्यपूर्व, अफ्रिकाका मुद्धालाई नजिकबाट बुझेका छन् ।अष्ट्रेलियामा रहेर व्यवसायमा संलग्न अधिकारी सफल व्यवसायी पनि हुन् । नेपालको नुवाकोटबाट अध्ययन र व्यवसायको सिलसिलामा अष्ट्रेलिया पुगेका अधिकारी एनआरएनएको अन्तर्राष्ट्रिय अभियानमा स्थापित अभियन्ता हुन् ।
अधिकारीले एनआरएनएको अन्तर्राष्ट्रिय अभियानमा शुरुदेखि नै सक्रिय रहेका व्यक्ति हुन् । अधिकारीले नेपाली नागरिकताको निरन्तरता, नेपालमा एनआरएनको लगानी, सुरक्षित वैदेशिक रोजगार, संघभित्र नेतृत्वको प्रभावकारिता र नेपालमा सीप तथा ज्ञानको प्रवर्द्धन गर्ने महत्वपूर्ण एजेन्डा अगाडि सारेका छन् ।संघको महाधिवेशन यही अक्टोबर १७ देखि २० तारिख हुदैछ । आगामी नेतृत्वका लागि बर्तमान उपाध्यक्ष महेश कुमार श्रेष्ठ , आर के शर्मा , वर्तमान अध्यक्ष रबिना थापा , डा बद्री केसी र उपमहासचिव विनय अधिकारीले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।












