सुन तस्करी प्रकरणको छानबिनका लागि पूर्वन्यायाधीश आचार्यको संयोजकत्वमा आयोग गठन
काठमाडौं, असोज-सरकारले सुन तस्करी प्रकरणको छानबिनका लागि पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमाचार सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ। मन्त्रिपरिषद्को आज सम्पन्न आकस्मिक बैठकले गठन गरेको आयोगका सदस्यमा अर्थ मन्त्रालयका किशोरजंग कार्की, गृहमन्त्रालयका प्रेमराज जोशी र पूर्वएआइजी सहकुल थापा रहेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।
योगले सुन तस्करी रोक्ने सम्बन्धमा अध्ययन गरी व्यवस्थित प्रतिवेदन सरकारलाई बुझाउने उनले बताइन्। यो आयोगलाई तीन महिना समय दिइएको बताइएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको सत्तापक्ष र प्रमुख प्रतिपक्षी एमालेको बैठकमा उच्चस्तरीय जाँचबुझ आयोग आजै गठन गर्ने सहमति जुटेको थियो।












