ललितकलालाई राज्यले महत्त्व नदिएको गुनासो

प्रकाशित मिति:

प्रकाश न्यौपाने
असोज २४ गते
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा जमघट भएका साहित्यकारहरुले ललितकलालाई राज्यले महत्त्व नदिएको गुनासो गरेका छन ।


बर्दघाट प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको ललितकला बिषयक एक दिवसीय गोष्ठीमा बोल्दै साहित्यकारहरुले राज्यले ललितकलालाई स्वस्ता नगरेको बताएका हुन । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्रज्ञा परिषदका सदस्य एव मुर्ति कला बिभाग प्रमुख दिनेश्वर महत्तोले कार्यपत्र प्रस्तुत गर्दै प्राज्ञिक क्षेत्रले गर्ने काम कर्मचारीले गरेको बताउदै राज्यले राम्रो महत्त्व नदिएको बताउनु भयो । उहा भन्नुहुन्छ -” ललितकलामा सामुहिकता र सहअस्तित्वका साथ काम गर्नु तर कर्मचारीले ललितकला चलाउनु भएको छ त्यसैले आम नागरिकको ललितकला क्षेत्रमा पहुँच पुग्ने सकेन ।”


ललितकलाको क्षेत्रमा नया पुस्ताका लागी अगाडि बढ्न उत्प्रेरित गर्ने उद्देश्यले बर्दघाट प्रज्ञा प्रतिष्ठानले कार्यक्रमको आयोजना गरेको बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति घनश्याम न्यौपानेले बताउनु भयो । ललितकलाको बारेमा प्रयोगात्मक प्रयोगशाला संचालन गर्नका लागी राज्यले चासो नदिएको बताउनु भयो । उहाँ भन्नुहुन्छ -” राज्यद्रारा संचालित सामुदायिक विद्यालयमा भन्दा सस्थागत विद्यालयमा ललितकलाको राम्रो अभ्यास रहेको छ । सामुदायिकमा एउटा पनि दरबन्दी शिक्षक छैन तर सस्थागत विद्यालयहरुले शिक्षकहरु राखि विद्यार्थीहरुलाई अभ्यास गराएका छ्न । यसबाट पनि राज्यले ललितकलालाई महत्त्व नदिएको प्रष्ट छ ।” यस अघि भाषा, कला र साहित्य क्षेत्रलाई छुट्याइएको बजेटले ठुलो ठुलो भोजहरु चलेको बताउदै उहाले अहिलेको प्रज्ञाको टिम आएपछि भाषा, कला र साहित्यको प्रबर्द्धनका सन्दर्भमा काम गरेको बताउनु भयो ।


कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले कला र साहित्य क्षेत्रको निश्चित विद्या नहुने र साहित्यकारले आफ्नो ज्ञान र सिपका माध्यमबाट कला प्रस्तुत गर्न सक्ने बताउनु भयो । कार्यक्रममा टिप्पणीकारको रुपमा बर्दघाट प्रज्ञा प्रतिष्ठिनका सदस्य मोहन बहादुर बि.क. (मनगोल्डी)ले टिप्पणी गर्दै कला र साहित्यका क्षेत्रमा के छ र के कसरी ललितकला बनाउन सकिन्छ भनेर प्रयोगात्मक बिषय जोड्दा राम्रो हुने बताउनु भयो ।



दाउन्नेदेवी बहुमुखी क्याम्पस, दिव्यज्योती बहुमुखी क्याम्पसलगायतका अन्य माध्यमिक विद्यालयका विद्यार्थी र कला र साहित्यसंग सम्बन्धि सस्थाहरुको उपस्थित रहेको कार्यक्रम बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति घनश्याम न्यौपानेको अध्यक्ष, उपकुलपति टीका बहादुर पहारीको स्वागत रहेको कार्यक्रमको संचालन सदस्य सचिब बामदेव अधिकारीले गर्नुभएको छ