बर्दघाटमा बजार अनुगमनका क्रममा पाँच क्युन्टल चामल बरामद

प्रकाशित मिति:
प्रकाश न्यौपाने
कात्तिक १६ गते

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा अखाद्य बस्तु भेटिएको छ । नगरमा चामलमा अखाद्य बस्तु रहेको व्यापक गुनासो आएसँगै नगरले बजार अनुगमन गरेको छ ।


अनुगमनको क्रममा बर्दघाट नगरपालिकाको वडा नम्बर ४ र ५ बाढिपिडीत क्षेत्रमा पाच वटा पसलहरुमा अनुगमन गरिएको छ । बर्दघाट नगरपालिकाका उप–प्रमुख नगर तथा अनुगमन समिति संयोजक एवं उप–प्रमुख रुद्रप्रकाश उपाध्यायले खाध्यान्न पसलहरुमा बिक्री हुने चामलमा गुनासो आएको र अनुगमन गरिएको बताउनु भयो । उहाँ भन्नुहुन्छ -” बजार अनुगमन गर्दा मोटा चामलमा चामल जस्तो देखिने अखाद्य बस्तु भेटिएको छ ।”  उपभोक्ता र व्यापारीहरु सचेत भएर सर सामान किनमेल गर्नु पर्ने उपाध्यायको भनाइ छ ।


बर्दघाट ४ मा बाढिपिडितमा रहेको भण्डारी स्टोर्सबाट २५ किलोग्राम, एम.के स्टोर्सबाट १ सय ७९ किलोग्राम, मल्ल किराना स्टोर्सबाट ७६ किलोग्राम र बर्दघाट ५ बाढिपिडित शान्ति देवी राइस मिलबाट २ सय १४ किलोग्राम गरी करिब ५ क्यिुन्टल मोटा चामल बरामद गरिएको नगरको उद्योग वाणिज्य शाखा प्रमुख पशुपति गैरेले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा चामलमा अखाद्य बस्तु मिसावट भएको पाएसँगै नगरले करिब पाच क्युन्टल मोटा चामल बरामद गरेको छ । बरामद गरिएको चामलको नमूना परिक्षणका लागि खाद्य गुण नियन्त्रण कार्यालय भैरहवा पठाइएको छ ।


अनुगमनमा प्रमुख प्रशासकिय अधिकृत तथा खाद्य निरिक्षक प्रकाश खनाल, उपभोक्ता हित संरक्षण मंच नेपाल बर्दघाट नगर समिति सचिव कुस्माकर ढकाल, नगरको राजश्व शाखा प्रमुख शारदा जिसी, उद्योग वाणिज्य शाखा प्रमुख पशुपति गैरे, कृष्ण कंडेललगायतको सहभागीता रहेको छ ।