कार्तिक १८ गते
नवलपरासी । सुनवल १२ भुमहीमा रहेको सिद्धार्थ बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडले शनिबार रजत जयन्ती स्मारिका बिमोचन गरेको छ ।
२८ औं बार्षिक साधारण सभाको अवसरमा सस्थाका अध्यक्ष यमलाल पाण्डे र प्रमुख अतिथि सुनवल नगरपालिकाका उपप्रमुख सुर्य दुबेले स्मारिका बिमोचन गर्नु भएको हो । स्मारिका बिमोचन गर्दै प्रमुख अतिथि दुबेले सस्थाको स्थापनामा प्रजातान्त्रिक बिचारधार मार्फत सस्था खुलेको बताउदै उहाले अहिले पार्टी राजनीति प्रती विभिन्न टिकाटिप्पणी भइरहेको समयमा तत्कालीन पार्टी राजनीतिको निष्ठावन सहकारीमार्फत झल्किएको बताउनु भयो । राजनीति गर्ने नेतृत्वको दीर्घकालीन सोच र भिजन सिद्धार्थ बहुउद्देश्यीय सहकारी सस्थाले देखाएको दुबेको भनाइ छ ।

डाक्टर श्याम प्रसाद न्यौपानेको संयोजक र सदस्यमा भोला प्रसाद न्यौपाने, गणपति भट्टराई, नारायण प्रसाद भारती र भोजराज चापागाईंले रजत जयन्ती स्मारिकाको सम्पादन गर्नु भएको सहकारीका व्यवस्थापक अर्जुन कुमार भट्टराईले जानकारी दिनु भयो ।
स्मारिका प्रकाशन समिती सयोजक श्याम प्रसाद न्यौपानेले सहकारीका सदस्यहरु राष्ट्र समृद्धिको लागि मेरुदण्ड भएको बताउनु भयो । उहाले सिद्धार्थ सहकारीले रजत स्मारिका मार्फत अहिले सम्मको नेतृत्व र सस्थागत बिकास र सहकारी क्षेत्रका बिषय बस्तु समाबेश गरिएको बताउनु भयो ।
रजत जयन्ती आयोजना मुल समिति संयोजक सस्थाका अध्यक्ष यमलाल पाण्डेय, रजत जयन्ती स्मारिका निर्माण उप-समिति सयोजक सस्थाका उपाध्यक्ष जयराम बस्याल रहनु भएको थियो । सहकारीले २५ औं बसन्त पार गरेको अवसरमा गत माघ १६,१७ र १८ गते विभिन्न कार्यक्रम गरेर मनाएको थियो ।












