काठमाडौं, कात्तिक – जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रहरुमा सुरक्षार्कीहरुले दोस्रो दिन पनि खोज तथा उद्दार कार्य जारी राखेको छ।नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगाएतले भूकम्प प्रभावित क्षेत्रहरुमा खोज तथा उद्दार कार्यलाई जारी राखेका हुन्। त्यस्तै प्रभावित क्षेत्रमा हालसम्म नेपाली सेनाको हवाई साधनद्वारा करिव १० हजार के।जी।
अतिआवश्यक राहत सामग्री ढुवानी गरिएको छ भने राहत वितरण कार्य पनि जारी छ। यसैबीच भूकम्पबाट अवरुद्ध भएका जाजरकोट तथा रुकुम पश्चिमका सडक सञ्चालन भएका छन्। सडक डिभिजन चौरजहारी र भेरी करिडोरको प्रयासमा सडक खुलाएको हो। भेरी करिडोरको जाजरकोट खलङ्गाबाट नलगाडसम्मको सडक खुलाइएको छ।त्यस्तै सडक डिभिजन चौरजहारीले जिल्लाका अन्य सडकसमेत खुलाएको जनाएको छ।












