काठमाडौं, मंसिर – नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले पूर्वगृहमन्त्री बालकृष्ण खाणको हकमा राय बाझिएपछि तत्काललाई जिल्ला अदालतको आदेश अनुरुप थुनामै जानुपर्ने भएको छ।उच्च अदालत पाटनका दुई न्यायाधीश एकमत हुन नसक्दा खाण थुनामै बस्नुपर्ने भएको हो।
खाणको बिषयमा पाटन उच्च अदालतका न्यायाधीश जनक पाण्डेले ३० लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएका थिए। अर्का न्यायाधीश प्रकाश खरेलले भने धरौटी रकम अस्विकार गर्दै थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर गरेका थिए।उच्चका दुई न्यायाधीशविच राय बाझिएको अबस्थामा खाणको मुद्दा विचाराधीन नै रहेको हुने भएको छ। अब तीनजना न्यायाधीश संलग्न विशेष इजलासमा मुद्दा पेस हुनेछ।उक्त इजलासले एक मतका आधारमा वा बहुमतले गर्ने निर्णयले खाणको थुनामुक्ति हुने नहुने बिषयको टुंगो लाग्ने छ।












