प्रकाश न्यौपाने
पौष ७ गते
नवलपरासी । स्वाच्छ र सफा खानेपानी नपाएका कारण धेरै नेपाली बिरामी हुने र उपचारका लागि औषधिमा बढी पैसा खर्च भएको प्रतिनिधि सभा सदस्य सरिता भुषालले बताउनु भयो ।
बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाको २३ औं बार्षिक साधारण सभालाइ सम्बोधन गर्दै नेतृ भुसालले दक्षिण एसियामा औषधिमा धेरै खर्च गर्ने देशको सुचिमा नेपाल परेको बताउदै उहाले पानीको कारण धेरै नेपालीहरुको औषधि खर्च बढीरहेको बताउनु भयो । सासदले कानुन बनाउछ कानुन जनताको सहजताका लागी कानुन बन्नु पर्नेमा जोड दिदै उहाले स्वास्थ्य र शिक्षालाई सहज नबनाउदा सम्म जनताको आर्थिक स्थितिमा सुधार नहुने भुसालको भनाइ छ ।
त्यसैगरी लुम्बिनी प्रदेश सभा सदस्य विश्वप्रेम पाठकले चुरेक्ष्ँेत्रको संरक्षण गर्न सबैलाई आग्रह गर्नु भएको थियो । चुरेलाई बचाउन नसके पानीका मुहान सुक्ने र तराईक्ष्ँेत्र मरुभुमिमा परिणत हुने संभावना रहेकाले चुरेको संरक्षण आवश्यक रहेकोमा जोड दिनु भएको थियो । उहाँले खानेपानी संस्थाहरुलाई राज्यले करको दायरामा ल्याउने बहानामा बढी कर असुल्ने निति सच्चाउन आफुले प्रदेस संसदमा कुरा उठाउने प्रतिबद्धतासमेत जाहेर गर्नु भयो ।
बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट नगरका खानेपानी संस्थाहरुको सञ्चालन तथा ब्यवस्थापनमा नगरले सहयोग गर्दै आएको बताउनु भएको थियो । अहिले खानेपानीको गुणष्तर परिक्षणका लागि ल्यापको ब्यवस्था गर्ने तयारीमा रहेको समेत नगर प्रमुख श्रेष्ठले बताउनु भयो। उहाँले नगरको सुरक्षाका लागि ५२ स्थानमा सि.सि. क्यामरा जडान गरेको समेत जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा बर्दघाट नगरपालिकाका निवर्तमान नगर प्रमुख धिरज शर्मा, उप–प्रमुख रुद्रप्रकाश उपाध्याय, खानेपानी उपभोक्ता महासङ्ग लुम्बिनी प्रदेशका अध्यक्ष थान प्रसाद गैर, उद्योग बाणिज्य संघ बर्दघाटका अध्यक्ष लेखनाथ न्यौपानेलगायतले बोल्नु भएको छ ।
सस्थाका अध्यक्ष दिपक लम्सालले आफ्नो प्रतिबेदन प्रस्तुत गर्दै २०५५ सालमा स्थापना भएको बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा अहिले ४ हजार १ सय ८ निजि तथा संस्थागत धाराहरु रहेका बताउनु भयो । उहाले ५० वटा सार्वजनिक धारावाट आफ्नो सेवा सुरु गरेको यो संस्थाले अहिले बर्दघाट नगरपालिका वडा नं. ४ का करिव १० हजार बढी जनसंख्यालाई सेवा दिएको जानकारी दिनु भयो ।
त्यसैगरी संस्थाको गत आ.ब.मा १ करोड ९६ लाख ८९ हजार ९ सय ७८ रुपैया आम्दानी गरेको र खर्च तर्फ १ करोड २२ लाख ५७ हजार ८ सय १० रुपैया रहेको संस्थाकी कोषाध्यक्ष राधादेवि अधिकारीद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरीएको छ ।
कार्यक्रममा लेखा समिती संयोजक नारायण भण्डारीले लेखा समितीको प्रतिबेदन, खानेपानी सुरक्षा योजनाका सयोजक कमल थापाले सुरक्षा योजनाको प्रतिबेदन प्रस्तुत गर्नु भएको छ ।
कार्यक्रममा बर्दघाट प्रेस कल्वको समन्वयमा बर्दघाट खानेपानी सेवा क्षेत्र भित्र रहेका विद्यालयहरुलाई एक दिवसीय चित्रकलामा प्रथम दोस्रो र तेस्रो हुनेलाई प्रमाण पत्र र नगद पुरस्कार समेत बितरण गरिएको छ ।
बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष दिपक लम्सालको अध्यक्षता ,सचिव शोभकान्त कोईरालाको सञ्चालन र सदस्य शुसिला देवकोटाको स्वागत मन्तब्य रहेको थियो ।












