लुम्बिनीका नवनियुक्त दुईमन्त्रीले लिए शपथ

प्रकाशित मिति:

दाङ , पुस- लुम्बिनी प्रदेशका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले मन्त्रीहरू कृष्णा केसी र सरोज थापालाई आइतबार साँझ शपथ गराएका हुन्।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार माओवादी केन्द्रकी कृष्णा केसीलाई ग्रामीण, खानेपानी तथा शहरी विकास मन्त्री र नेपाली कांग्रेसका सरोज थापालाई उद्योग वाणिज्य तथा यातायात मन्त्री नियुक्त गरेका थिए । थापा र केसी शपथ लिएसँगै लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित मन्त्रीहरूको संख्या ९ पुगेको छ।