स्वर्ण महोत्सवमा पुर्व शिक्षक- शिक्षिका तथा कर्मचारीलाई सम्मान

प्रकाशित मिति:

प्रकाश न्यौपाने
पौष १६ गते

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ०९ मा रहेको राजा महात्मा पुर्णभद्र माध्यमिक विद्यालयका पुर्व शिक्षक तथा शिक्षिका र कर्मचारीहरुलाई सम्मान गरिएको छ ।


स्वर्ण महोत्सवको दोस्रो दिन प्रतिनिधि सभा सदस्य कार्यक्रमको प्रमुख अतिथि सरिता भुसाल र स्वर्ण महोत्सव मुल समारोह समितीका सयोजक बिक्रम खनाल र बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चन्द्रकान्त चापागाईंले पुर्व शिक्षक-शिक्षिका तथा कर्मचारीहरुलाई टीका, कदर पत्र र खादाले सम्मान गर्नु भएको छ ।


विद्यालय स्थापना काल देखी अहिले सम्म विद्यालयमा सेवा गर्नु भएको ९५ जना शिक्षक एव पुर्व कर्मचारीलाई सम्मान गरिएको विद्यालयका प्राध्यानाध्यापक पुस्पराज अधिकारीले जानकारी दिनु भयो ।