प्रकाश न्यौपाने
पौष १७ गते
नवलपरासी । पश्चिम नवलपरासीमा रहेको बर्दघाट नगरपालिकाले नगर भित्र अध्यापन गराउने सम्पुर्ण शिक्षकहरुलाई ल्याप्टप दिने भएको छ । राजा महात्मा पुर्णभद्र माध्यमिक विद्यालयको स्वर्ण महोत्सवलाई सम्बोधन गर्दै नगर प्रमुख शम्भुलाल श्रेष्ठले शिक्षालाई प्रबिधिसङ्ग जोड्नका लागी शिक्षकलाई ल्याप्टप दिन लागिएको बताउनु भयो । उहाँ भन्नुहुन्छ -” शिक्षक साथीहरु अब चक डस्टर लिएर कक्षाकोठामा गएर होइन अब कम्प्युटर र प्रोजेक्टरबाट शिक्षण सिकाइलाई अगाडी बढाउछौ । शिक्षकहरुको थोरै लगानीमा नगरले थप लगानी गरेर शिक्षकलाई ल्याप्टप प्रदान गर्ने लागिएको छ ।” बर्दघाट नगरपालिकाले सबै शिक्षकहरुलाई प्याप्टप पुर्याएर प्रबिधीसहितको शिक्षामा जोड दिने श्रेष्ठको भनाइ छ ।
कार्यक्रममा आर्थिक समिती संयोजक बालिन्द्र बिक्रम शाहीले पुर्व विद्यार्थी, संघ सस्था र स्थानीय अभिभावकहरुबाट उल्लेखनीय साथ र सहयोग भएको बताउनु भयो । आजसम्म आइपुग्दा करिब ४८ लाख रुपैया आर्थिक संकलन भएको शाहीले जानकारी दिनु भयो ।
स्वर्ण महोत्सवको तेस्रो दिन पुर्व विद्यालय ब्यवस्थापन समितिका पदाधिकारी र सदस्य तथा विभिन्न उपसमितिमा रहेर काम गर्नु भएकालाई नगर प्रमुख शम्भुलाल श्रेष्ठ, स्वर्ण महोत्सव मुल समारोह समितीका सयोजक बिक्रम खनाल र बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चन्द्रकान्त चापागाईंले टीका, कदर पत्र र खादाले सम्मान गर्नु भएको छ ।

स्वर्ण महोत्सव मुल आयोजक समितिका सयोजक बिक्रम खनालले सबैले साथ र सहयोगले कार्यक्रमको गरिमा बढाएको बताउनु भयो । स्वर्ण जयन्तीको अवसरमा राखिएका हरेक कार्यक्रमहरुमा स्थानीय अभिभावक र विद्यार्थीहरुको उल्लेखनीय सहभागी रहेको बताउनु भयो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चन्द्रकान्त चापागाईंले भौतिक सरचना बनेर सकिएको बताउदै अब शैक्षिक सुधारमा लाग्ने बताउनु भयो । स्वर्ण महोत्सव सकिएपछि विद्यालयको गुणस्तर सुधारमा लाग्ने चापागाईंको भनाइ छ ।
कार्यक्रममा बिधालयका अभिभावक र शिक्षक लगायत महिला र पुरुष बिच छुट्टाछुट्टै कुर्ची दौड प्रतियोगिता सम्पन्न गरेको छ।जस्मा प्रथम हुनेले नगद ३ हजार,दुतिय हुनेलाइ नगद २ हजार तृतीय हुनेलाइ नगद १ हजार पुरस्कार प्रदान गरियको थियो।
सो अवसरमा रास्ट्रय कलाकारहरु डि बि गुरुङ, सर्मिला अर्याल लगायत बिद्यालयका छात्र छात्राको प्रस्तुति रहेको थियो । बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष चन्द्रकान्त चापागाईंको स्वागत मन्तव्य रहेको कार्यक्रम को सन्चालन बिद्यालयका प्राचार्य पुस्पराज अधिकारि र शिक्षक हरि घिमिरेले गर्नु भएको थियो।
पौष २१ गते सम्म सञ्चालन रहने स्वर्ण जयन्ती महोत्सबमा प्रत्येक दिन बिभिन्न कार्यक्रम तथा प्रतियोगिता सहित कार्यक्रम सम्पन्न गरिने कार्यक्रम रहेका छन ।












