लायन्स क्लब अफ बुटवल तिनाउद्धारा डस्बिन वितरण कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

लायन्स क्लब अफ बुटवल तिनाउले लायन्स क्लबका जन्मदाता मेल्भिन जोन्सको १४५औं जन्मदिनको अवसर पारेर डस्बिन वितरण कार्यक्रम मंगलबार सम्पन्न गरेको छ । बुटवल–११, देवीनगर स्थित नविन औद्योगिक कदर बहादुर रीता मा.विर्.मा गरेको उक्त कार्यक्रमको संयोजकत्व लायन मुकेश पोखरेले गर्नुभएको थियोे । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि Region Chairperson लायन विमला गैरेले क्लबले गरेको यस किसिमको कार्यक्रमले वातावरणिय स्वच्छतालाई कायम राख्न उल्लेखनिय भूमिका खेल्ने बताउनुभएको थियो । कार्यक्रममा बोल्दै विशिष्ट अतिथि Zone Chairperson लायन वेदप्रसाद गैरे तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खरेल, प्रधानाध्यापक प्रेम बहादुर बस्नेत ज्युले सामाजिक कार्यमा सक्रिय लायन्स क्लब अफ बुटवल तिनाउका सम्पूर्ण सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि लायन्स क्लब अफ बुटवल तिनाउद्धारा यस किसिमका कार्यक्रमहरु आयोजना गर्ने अपेक्षा व्यक्त गर्नुभएको थियो ।
यसैगरि मेल्भिन जोन्सको जन्मोत्सवको अवसरमा गरिने सप्ताहव्यापी कार्यक्रमको बारेमा क्लबका अध्यक्ष लायन अरुण खनालले प्रकाश पार्दै विद्यालयलाई लायन्स क्लब अफ बुटवल तिनाउद्धारा गर्न सकिने सबैखाले सहयोगको लागि क्लब तत्पर रहेको कुरा जानकारी गराउनुभएको थियो । आगामी कार्यक्रममा पनि उल्लेखनिय रुपमा सहभागी हुन अनुरोध गर्दै अध्यक्ष खनालले उपस्थित सम्पूर्णमा तथा विद्यालय परिवारलाई कार्यक्रम संयोजनमा आवश्यक वातावरण व्यवस्थापन गर्नुभएकोमा विशेष धन्यवाद ज्ञापन गर्नुभएको थियो ।