नमस्ते नेपालकी सदस्य असमी खड्काले आफ्नो जन्मदिन वृक्षरोपण गरि मनाएका छन । पौष २९ गते जन्मदिन रहेकी उनले तिलोत्तमा नगरपालिका वार्ड नं २ स्थित शंकरनगर स्वास्थ्य चौकी परिसरमा वृक्षरोपण गरेका हुन ।
कार्यक्रममा संस्थाका अध्यक्ष मनिष भुसाल, संस्थापक अध्यक्ष नितेश खरेल “अर्जुन”, उपाध्यक्ष शुशील सुवेदी, सचिव सन्दिप पौडेल क्षेत्री, प्रवक्ता प्रशान्त ज्ञवाली, कोषाध्यक्ष बरदान आचार्य, सह- सचिव प्रशंसा खनाल, सदस्य रबिन कार्की, क्षीतिज पौडेल लगाएतको उपस्थितिमा असोका, आप, बेलौती जस्ता वृक्षहरूको रोपण गरिएको थियो ।
वि. सं २०६८ सालमा स्थापना भएको नमस्ते नेपालले विगत ५ बर्षदेखिब “जन्मदिनमा वृक्षरोपण” अभियान चलाउदै आएको छ । जस अभियानानुसार संस्थाका पदाधिकारी एवं सदस्य को जन्मदिको अवसर पारी हालसम्म झण्डै ३ हजार बढि वृक्षरोपण गरिएको छ ।











