माघ २, नवलपरासी,
नेपाल रेडक्रस सोसाइटी पञ्चनगर उपशाखाको अध्यक्षमा बालाकृष्ण लम्साल निर्वाचित हुनुभएको छ । मंगलबार सम्पन्न भएको मतगणना अनुसार लम्सालले १ सय १७ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
अध्यक्ष पदका अर्का उम्मेदवार पुर्ण कान्त गिरीले ४३ मत प्राप्त गर्नुभएको थियो भने बिजुला श्रेष्ठ जोशी र प्रेम प्रसाद अधिकारीले १÷१ मत प्राप्त गर्नुभएको छ । त्यस्तै २ मत भने बदर भएको निर्वाचन अधिकारी मनमाया गुरुङले जानकारी दिनुभएको छ ।
त्यस्तै उपशाखाको महिला उप–सभापतिमा गत पुष २७ गते नै रत्ना सुवेदी अधिकारी निर्विरोध निर्वाचित हुनुभएको थियो भने सचिवमा राम बहादुर थापा, कोषाध्यक्षमा विजय गिरी, उपसचिवमा हरी प्रसाद अधिकारी, उपकोषाध्यक्षमा रेखा शाही निविरोध निर्वाचित हुनुभएको थियो ।
त्यस्तै सुस्मा लामिछाने महिला सदस्य र खुला सदस्यहरुमा प्रकाश खनाल, भिम प्रसाद खनाल, गणेश न्यौपाने र छविलाल आचार्य निविरोध रुपमै निर्वाचित हुनुभएको थियो ।












