मुख्यमन्त्री पाण्डेबाट स्वामी श्रीधराचार्यको मूर्ति अनावरण

प्रकाशित मिति:
प्रकाश न्यौपाने
माघ ०६ गते

नवलपरासी । गण्डकी प्रदेशको ऐतिहासिक धार्मिक पर्यटकीय क्षेत्र गजेन्द्रमोक्ष दिव्य धाममा मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको नेतृत्वमा षडाचार्य स्वामी श्रीधराचार्यज्यूको अष्टधातुबाट निर्मित पूर्ण कदको मूर्ती माघ ५ गते शुक्रबार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री माननीय सुरेन्द्रराज पाण्डेले अनावरण गर्नु भएको छ ।

गजेन्द्रमोक्ष त्रिवेणी धाम क्षेत्र विकास समितिका अध्यक्ष स्वामी कृष्ण प्रपन्नाचार्यको संयोजनमा तथा गण्डकी प्रदेशका मुख्य मन्त्री,  नेपाल सरकारका विभिन्न अधिकारी र समाजसेवी भक्तजनहरूको उपस्थितिमा अनावरण कार्य सम्पन्न भएको हो ।

मूर्ति अनावरणका क्रममा वैदिक विधिबाट सम्पादन गरिएको गुरुपूजनमा समेत मुख्यमन्त्रीको सहभागिता रहनु भएको को थियो ।  देवदेश श्री र स्वामी श्रीधराचार्यकै आशीर्वादले मूर्ति  निर्माण गरिएको कुरा श्रीमुक्तिनाथ पिठाधिस स्वामी कमलनयनाचार्यले बताउनु भयो   ।