“छोराछोरी सस्थागत विद्यालयमा पढ्न पठाएर अभिभावकले राज्यलाई ठुलो गुन लगाउनु भएको छ” – प्याब्सन सचिब न्यौपाने
प्रकाश न्यौपाने
माघ ०८ गते
नवलपरासी । नेपालको संविधानमा निःशुल्क शिक्षा भनिएपनि नेपालको अर्थतन्त्रले थेग्न नसक्ने निजि तथा आवासिय विद्यालय अर्गनाइजेसन (प्याब्सन) सचिब सुबर्ण न्यौपानेले बताउनु भयो । उहा भन्नुहुन्छ – “सामुदायिक विद्यालयहरुले सबै विद्यार्थीहरु थेग्न सक्दैनन्, संस्थागत विद्यालयमा आफ्ना छोराछोरीलाई पढ्नका लागि पठाएर अभिभावकहरुले राज्यलाई ठुलो गुन लगाउनु भएको छ ।” जुन बिषयलाई राज्यले बेवास्ता गरि विद्यार्थी विद्यार्थी बीच बिभेद गरेको न्यौपानेको दाबी छ।
नेपाली मौलिक कला र संस्कृति संरक्षणमा संस्थागत विद्यालयहरुले महत्वपुर्ण योगदान गरेको प्याब्सन सचिव सुवर्ण न्यौपानेले बताउनु भयो । बर्दघाट ५ पालडाँडामा रहेको होली केयर इङ्गिलस सेकेण्डरी स्कुलको २९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै सचिव न्यौपानले संस्थागत विद्यालयले शैक्षिक गुणस्तर र कला सस्कृतिको सरक्षण र सम्बर्द्धनमा गरेको योगदानलाई राज्यले चिन्न नसकेको बताउनु भयो ।
“संस्थागत विद्यालयले पठनपाठनमा मात्र नभई धर्म, कला, संस्कृतिमा समेत सामुदायिक विद्यालयको तुलनामा अगाडी रहेका छौँ । विभिन्न कार्यक्रममा विद्यार्थीहरुको मन मुटु र मष्तिक भरी नेपालीपन झल्कीने खालका साँस्कृतिक सामुदायिक विद्यालयहरुको भन्दा अब्बल छौँ ।” उहाँले भन्नुभयो ।
प्याब्सन लुम्बिनी प्रदेश सचिव धनराज चापागाँई, जिल्ला अध्यक्ष गुरुदत्त पौडेलले संस्थागत विद्यालयले गुणस्तरिय शिक्षा प्रदान गरेको बताउँदै पठनपाठनका साथै अतिरिक्त क्रियाकलापहरुमा समेत संस्थागत विद्यालयहरुले जोड दिएको बताउनुभयो ।
शैक्षिक ऐक्यबद्धताको समूह नेपाल (जिसन) नवलपरासीका अध्यक्ष डम्बर बहादुर गुरुङ र प्रमुख सल्लाहकार सन्तोष रौनियारले बच्चालाई जिज्ञासु बनाउन अभिभावकको महत्वपुर्ण भुमिका रहने बताउनुभयो ।
आइतबार देखि सञ्चालन भएको २९ औँ वार्षिकोत्सवमा खाना महोत्सव, विज्ञान प्रर्दशनी, पुरस्कार वितरण, लाखे नाच, लाठी नाच, छलिया नाच, साकेला नाच, मारुनी नाच, कौडा नाच लगायतको प्रस्तुती रहेको विद्यालयका प्रिन्सिपल इन्द्र गुरुङले जानकारी दिनुभयो । कार्यक्रममा बर्दघाट नगरपालिका वडा नम्बर १६ का निबर्तमान वडा अध्यक्ष शुकबहादुर गुरुङले बोल्दै सस्थागत विद्यालयको योगदानको चर्चा गर्नु भयो ।

कार्यक्रममा विद्यालयकी लेखापाल देवी गुरुङ, शिक्षक दिपेश मल्ल, सवारी चालक खेम गुरुङ साथै अभिभावक तथा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम लक्ष्मी गुरुङ र सडेन गुरुङले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा जिसन नवलपरासीका वरिष्ठ उपाध्यक्ष थमन शेरचन, बर्दघाट नगर प्याब्सनका अध्यक्ष सजय ढुंगाना, सुनवल नगर प्याब्सनका अध्यक्ष कृष्ण प्रसाद शर्मा, बर्दघाट नगरपालिकाका जनप्रतिनिधि, विद्यालयका अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।












