पञ्चनगर स्वास्थ्य चौकीको स्तर उन्नतिमा जोड

प्रकाशित मिति:

प्रकाश न्यौपाने

माघ १८ गते

बर्दघाट । पञ्चनगर स्वास्थ्य चौकीको सामाजिक परिक्षण कार्यक्रममा बोल्ने अधिकाश बक्ताले चौकीको स्तर उन्नतिमा जोड दिएका छन । बिहिवार सम्पन्न सामाजिक परिक्षण कार्यक्रममा बोल्ने बक्ताहरुले स्वास्थ्य चौकीले हाल प्रदान गरिरहेको सेवा राम्रो रहेको बताउदै चौकीको स्तर उन्नतिमा जोड दिनु पर्ने बताएका छन ।


नेपाल रेडक्रस सोसाइटी पन्चानगर उपशाखाका अध्यक्ष बालाकृष्ण लम्साल, बडा सदस्य बालिन्द्र बिक्रम शाही, टोल अध्यक्ष पुर्ण बहादुर बि.क. लगायतले बोल्दै स्वास्थ्य चौकीको सेवाको प्रशंसा गर्दै स्तर उन्नति गर्नु पर्नेमा जोड दिनु भयो ।


समाजिक परिक्षण कार्यक्रममा चौकीले प्रदान गरेका सेवा, सुविधा, चौकीले गरेका नवीनत कार्य तथा सन्तुष्टिको बारेमा सरोकारवालाहरुसंगको अन्तरक्रिया कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पन्चानगर उपशाखाका अध्यक्ष बालाकृष्ण लम्साल, बडा सदस्य बालिन्द्र बिक्रम शाही, टोल अध्यक्ष पुर्ण बहादुर बि.क. लगायतले बोल्दै स्वास्थ्य चौकीको सेवाको प्रशंसा गर्दै स्तर उन्नति गर्नु पर्नेमा जोड दिनु भयो ।


सामाजिक परिक्षण कार्यक्रममा पञ्चनगर स्वास्थ्य चौकीका प्रमुख बाबुराम तिमिलसिनाले स्वास्थ्य चौकीको अवस्था, ब्यवस्था र सेवाका वारेमा जानकारी गराउनु भएको कमचारीको दरबन्दी ८ जना रहेको र गतबर्ष करिव १० हजार जनाले ल्याब र ओ.पि.टि. सेवा लिएको जानकारी दिनु भयो । तिमिल्सिना भन्नुहुन्छ – ” वडाको जनसंख्या कम भए पनि हामी कहाँ बर्दघाट नगरपालिका वडा नम्बर ८, ९,१०,  ११ र सरावल गाउँपालिका वडा नम्बर १ र २ का सेवाग्राहीहरु समेत सेवा लिन आउनु हुन्छ ।”


स्वास्थ्य चौकी सञ्चालन तथा ब्यवस्थापन समितिका अध्यक्ष चापागाईले अहिले सम्म नितिगत रुपमा आफुले गरेका कामहरुका वारेमा जानकारी गराउनु भएको थियो। नगरका अन्य स्वास्थ्य चौकी भन्दा फरक र ब्यवस्थीत बनाएर नगरकै नमुना स्वास्थ्य चौकीका रुपमा सञ्चालन गर्ने योजना रहेको चापागाइले बताउनु भयो ।  अगामी साउन महिना देखि नयाँ भवनमा बर्थीङ्ग सेन्टर समेत सञ्चालन गर्ने तयारीका साथ अघि बढिएको बताउदै उहाले नया भवनमा दुई जना डाक्टरलाई आवासियसहित कार्यक्रम हलसमेत  रहेकोले स्वास्थ्य चौकीको स्तर उन्नतिमा जोड दिइने अध्यक्ष चापागाईंलेको भनाइ छ । ” नगर भित्र बर्थिङ्ग सेन्टर भए पनि सुत्केरी हुने महिलाहरुलाई बाहिर रिफर गर्नु पर्ने वाध्याता रहेको छ । हामीले नगरमा छलफल गरेर सबै सेवा सुबिधा हुने खालको बर्थिङ्ग सेन्टरको रुपमा बिकास गर्ने योजनामा रहेको छौं । अध्यक्ष चापागाईंले भन्नुभयो ।


बर्दघाट नगरपालिका वडा नम्बर ०९ का वडा सदस्य बालिन्द्र बिक्रम शाहीले वडा कायार्लयको वार्षिक कार्ययोजना अनुसार   जेष्ठ नागरिकलाइ घरमै पुगेर सेवा दिने, घर घरमाका सम्पर्क नम्बर राखेर ट्रेसिङ्ग गर्ने लगायतका सेवा प्रभावकारी भएको बताउनु भयो  । नागरिकको स्वास्थ्य नै ठुलो धन रहेको बताउदै उहाले  पञ्चनगर स्वस्थ्य चौकीमा सबैले सेवाका वारेमा प्रचार गर्ने र सेवा लिन आउने बातावरण सृजना गर्दै चौकीको सेवा बिस्तारमा लाग्नु पर्ने आवश्यकता औल्याउँनु भयो ।


बर्दघाट नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधब ज्ञवालीले बर्दघाट नगरमा ५ वटा बर्थिङ सेन्टर रहेको बताउदै स्वास्थ्य सेवा कहिल्यै पुरा नहुने भएकाले सेवालाई थप प्रभावकारी बनाउदै लैजानु पर्नेमा जोड दिनु भएको थियो । बर्दघाट नगरले आधारभुत ल्याब सेवा निःशुल्क दिएको उहाँले बताउनु भयो । स्वास्थ्य चौकी भनेको सामान्य रोकथाम मुलक सेवा दिने काम स्वास्थ्य चौकिले गर्ने भएकाले सबै सेवा स्वास्थ्य चौकीवाट आशगर्न पनि नहुने बताउनु भएको थियो । सहभागिहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा ज्ञवालीले नगरले ओैषधि खरिदमा ईटेन्डर गर्दा कोटेशन नपरेका कारण केहि ढिला हुने गरेको बताउनु भएको थियो ।


पञ्चनगर स्वास्थ्य चौकीको सहयोग र ईन्द्रेणी सामाजिक विकास मञ्चको आयोजनामा सम्पन्न गरीएको सामाजिक परिक्षण कार्यक्रममा बर्दघाट स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत कृष्णहरि पौडेल , पञ्चनगर स्वास्थ्य चौकी सञ्चालन तथा ब्यवस्थापन समितिका सदस्य हरिलाल भट्टराई, नेपाल रेडक्रश सोसाईटी पञ्चनगर उपशाखाका अध्यक्ष बालाकृष्ण लम्साल, वडा सचिव हिमा कुमारी वन, टोल विकास समितिका अध्यक्ष अध्यक्ष पूर्ण बहादुर वि.क. लगायत स्थानीय र सरोकारवालाहरु गरि ५० जनाको उपस्तिथि रहेको थियो ।


कार्यक्रम पञ्चनगर स्वास्थ्य चौकी सञ्चालन तथा ब्यवस्थापन समितिका अध्यक्ष चन्द्रकान्त चापागाईको अध्यक्षता र इन्द्रेणी सामाजिक बिकास मञ्चका प्रतिनिधि हेम बहादुर क्षेत्रीको सहजिकरणमा सम्पन्न भएको थियो ।