रुसी सेनामा भर्ती भएकालाई सकुशल घर फिर्ताको वातावरण बनाइदिन परिवारको आग्रह

प्रकाशित मिति:

काठमाडौं, माघ – रुसी सेनामा भर्ती भएका नेपालीका परिवारहरुले सकुशल घर फिर्ताको वातावरण बनाइदिन सरकारसमक्ष आग्रह गरेका छन्।शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले रुसी सेनामा भर्ति भएका केही आफन्तहरु वेपता भएको र केहिको अवस्था नाजुक रहेको भन्दै सकुशल घर फिर्ताको वातावरण सरकार समक्ष आग्रह गरेका हुन्।त्यस्तै रुसी सेनाबाट भागेर आएकाहरुले पनि नेपालीहरुको अवस्था निकै नाजुक रहेको बताएका छन्। युद्धमा नेपालीहरुलाई अग्रपङ्तीमा पठाउने र भाषा समेत नबुझेका कारण ज्यान जाने गरेको उनीहरुको भनाइ छ।

रुसी सेनामा भर्ति भएर पनि नेपाल आउन सफल युवा सुमन राईले रुसी सेनामा रहदा तालिमबाटै नेपालीहरुमाथि अत्याचार हुने गरेको बताए।उनले अहिले पनि १४–१५ हजारको हाराहारीमा रुसी सेनामा रहेको र युद्धकाक्रममा धेरै नेपालीले ज्यान गुमाएको हुन सक्ने बताए। युद्धमा भएको हताहतीका बारेमा पनि रुसी सेनाका अधिकारीले लुकाउने गरेको उनको भनाइ छ।रुसी सेनामा भर्ती भएर नेपाल फर्किएका युवाहरुले वैदेशिक रोजगारीका लाग दुवई कतार लगाएतका देशमा गएका युवाहरु पनि उतैबाट रुसी सेनामा भर्ती हुन जाने गरेको बताएका छन्।