जिसन नवलपरासीको वार्षिक साधारण सभा सम्पन्न

प्रकाशित मिति:

माग २५ गते

नवलपरासी । शैक्षिक एक्यवद्धताको समूह जिसन नेपाल नवलपरासीको २१ औं वार्षिक साधारण सभा बिहिवार सम्पन्न भएको छ ।


रुपन्देहीको देवदह स्थित गौतमबुद्ध पार्कमा भएको उक्त वार्षीक साधारण सभामा संस्थामा आवद्ध जिल्लाका सबैजसो संस्थागत विद्यालयका प्रमुख तथा प्रिन्सिपलहरुको सहभागिता रहनु भएको  थियो ।


जिसन नवलपरासी अध्यक्ष डम्बरबहादुर गुरुङको अध्यक्षता र जिसन नवलपरासीका प्रमुख सल्लाहकार सन्तोष रौनियारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिसनका सल्लाहकार यम बाहादुर थापा, जिसनका सल्लाहकार ईन्द्र गुरुङ्ग लगायतले बोल्नु भएको थियो ।


कार्यक्रममा बोल्ने बक्ताहरुले अहिलेको अवस्थामा संस्थागत विद्यालयहरु माथी चुनौती थपिएकाले अब सबै संस्थागत विद्यालयहरुले आफ्नो शैक्षिक गुणस्तीयता संगसगै अन्य गतिविधिहरुलाई पनि अघिबढाउनु पर्नेमा जोड दिनुभएको थियो ।


जिसनको  २१औं वार्षिक साधारण सभामा संस्थाका सचिव यज्ञ प्रसाद न्यौपानेले पेश गर्नु भएको सांगठनीक प्रतिवेदन, कोषाध्यक्ष कृष्ण प्रसाद शर्माले पेश गर्नु भएको आर्थिक प्रतिवेदन सर्व सम्मत पारित भएको छ ।


जिसनका बरिस्ठ उपाध्यक्ष थमन सेरचनको स्वागत मन्तव्य रहेको कार्यक्रमको सन्चालन सचीव यज्ञ प्रसाद न्यौपानेले गर्नु भयको थियो।