अक्स्बृज टेक्निकल कलेजद्वारा २५ हजार राशीको पत्रकारिता पुरस्कार घोषणा

प्रकाशित मिति:

हरिश ढकाल- बुटवल  । दुई दशकअघि बुटवलमा स्थापना भएको अक्स्बृज टेक्निकल कलेजले प्राबिधिक शिक्षातर्फ समाचार सम्प्रेषण गर्ने मध्ये उत्कृष्ठ पत्रकारलाई सम्मान गर्ने निर्णय गरेको छ । रुपन्देही जिल्लामा रहेर पत्रकारितामार्फत प्राबिधिक शिक्षाको बिकासमा योगदान पुराउने मध्ये एकजनालाई २५ हजार राशीको पत्रकारिता पुरस्कारसँगै सम्मान गर्ने घोषणा गरिएको हो ।प्राबिधिक तथा भाषा शिक्षाको क्षेत्रमा योगदान पुराउने उद्देश्यले बिसं २०५८ सालमा स्थापित अक्सबृज ईन्स्टिच्युटले बुधबार बुटवलमा आयोजना गरेको एक कार्यक्रममा प्राबिधिक शिक्षाको महत्वबारे चर्चा गरिएको थियो ।

बसन्त पन्चमीका अवसरमा आयोजित उक्त कार्यक्रममा सहभागि बक्ताहरुले लुम्बिनी प्रदेशको प्राबिधिक शिक्षाको अवस्था र यसको बिकासमा सरोकारवालाले खेल्नु पर्ने प्रत्यक्ष र अप्रत्यक्ष भुमिकाको बारेमा पनि उल्लेख गरेका थिए ।सो अवसरमा बोल्दै अक्सबृजका अध्यक्ष तथा तिलोत्तमा नगरपालीका प्रमुख रामकृष्ण खाणले प्राबिधिक शिक्षाको बिकासमा तिनै तहका सरकारबिच समन्वय र सहकार्य आवश्यक रहेको बताए । संस्थाका उपाध्यक्ष तथा मानवअधिकारकर्मी नेता गोविन्द खनालले आत्मनिर्भर अर्थतन्त्रका लागि सहयोगि सावित बन्नसक्ने प्राबिधिक शिक्षालाई सरकारले प्रयाप्त महत्व नदिएको दावी गरेका छन् । कार्यक्रममा संस्थाका संचालक राजेन्द्र खनाल, कोअर्डिनेटर केशव महत, प्रबन्ध निर्देशक डिपि खनाल, प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपाल, शिक्षाविदहरु उपेन्द्र अर्याल, ऐेके सिंह, मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका अध्यक्ष कृष्ण भट्टराई, शिक्षिका लता खड्का लगाएतले नेपालमा प्राविधिक शिक्षाको आवश्यक्ता र महत्वबारे चर्चा गरेका थिए । कार्यक्रममा संस्थालाई योगदान पुराउने बिभिन्न महानुभावहरुलाई सम्मान गरिएको थियो ।