बुटवल । बुटवल–११ मा रहेको मणिमुकुन्द सेकेण्डरी स्कुल ÷कलेजले विभिन्न प्रतियोगितामा भाग लिएर उत्कृष्ट नतिजा प्राप्त गरेका विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
रुपन्देही जिल्लामा विभिन्न संघसंस्थाहरुले आयोजना गरेका खेलकुद तथा बौद्धिक प्रतियोगितामा भाग लिएर उपाधी प्राप्त गरेका विद्यार्थीहरुलाई शनिबार नगद सहित विद्यालयमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो ।
संस्थाले बुटवल जेसिसले भदौमा गरेको अन्तरमावि वक्तृत्वकला प्रतियोगितामा प्रथम आशिका आचार्य , माघमा हिसानले आयोजना गरेको जिल्लास्तरीय हाजिरीजवाफमा प्रथम तथा पुसमा बुटवल बहुमुखी क्याम्पसले गरेको जिल्लास्तरीय हाजिरी जवाफमा तेस्रो भएका सक्षम न्यौपाने,सरस्वती क्षेत्री,मयुश दाहाललाई सम्मान गरेको छ । यस्तै पुसमा भएको जिल्लास्तरीय कालिका रनिङ शिल्डमा भएको ५४ केजी तौल तेक्वान्दोमा तेस्रो सिद्धार्थ श्रीस,माघमा बुटवल उपमहानगरले गरेको अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड ४०० मीटर रीले दौडमा दोस्रो भएका लक्ष्मण शर्मा,सबिन खाती,शुभम् पाण्डे,सुजन यादवलाई सम्मान गरेको छ ।
यस्तै उजिरसिंह माविले पुसमा गरेको जिल्लास्तरीय भलिबलमा दोस्रो , पुसमै भएको कालिका रनिङ शिल्ड भलिबलमा दोस्रो,बुटवल उपमहानगरपालिकाले गरेको अन्तर विद्यालय रनिङ शिल्ड भलिबलमा तेस्रो, न्यू होराइजनले पुसमा गरेको प्रतियोगितामा दोस्रो तथा हिसानले माघमा गरेको प्रथम राजन विक, दीपेन्द्र माझी,जुनिल दर्जी, नवीन भण्डारी मगर, यमन थापा, युवराज सारु, राजबहादुर खवास, जीवन बोहरा, रिजन रजाली मगर, विनोद थापा, ज्ञानेन्द्र थापा, संदेश घर्ती, विनय केसी व्यवस्थापक र लोकेन्द्र भण्डारी प्रशिक्षकलाई सम्मान गरेको छ ।
यस्तै बुटवल उपमहानगरले माघमा गरेको दौडमा दोस्रो लक्ष्मण शर्मा ,शुभम् पाण्डे ,सुजन यादव सुमीत यादव , कालिका मानव ज्ञान माविले गरेको कविता प्रतियोगितामा चौथो स्थानमा आएका कक्षा १२ विज्ञानका सञ्जय खराल, माघमा लुम्बिनी इन्जिनियरिङ कलेजले गरेको प्रदेशस्तरीय आइटी हाजिरीजवाफमा प्रथम सक्षम न्यौपाने र प्रतीक शर्मा, फागुनमा आइसिटी क्लब होराइजन जिविएस द्वारा आयोजित कोड वर्कमा प्रथम नवीन खनाल १२ कक्षा र राज रतन गिरी ग्रान्ड इन्टिग्रेटरमा प्रथम सन्दीप ढुंगानालाई सम्मान गरेको छ ।
विद्यार्थीहरुलाई राष्ट्रिय परीक्षा बोर्ड बुटवल प्रमुख रोमाकान्त तिवारी, संस्थाका अध्यक्ष गम प्रसाद रेश्मी, प्राचार्य टुकबहादुर क्षेत्री,सञ्चालक उमापति न्यौपाने, उपप्राचार्य दिवाकर खनाल, संयोजकद्वय पशुपति चौधरी र लक्ष्मण गैरेले सम्मान गरेका थिए ।
सो अवसरमा बोल्दै प्राचार्य क्षेत्रीले २०५६ सालमा स्थापना भएको संस्थाले स्थापना कालदेखि नै पढाई सँगै अतिरिक्त क्रियाकलाप र खेलकुदमा अब्बल नतिजा हासिल गरिरहेको बताए । संस्थाका विद्यार्थीहरुले स्थानीयदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय विभिन्न प्रतियगितामा निरन्तररुपमा विजयी बन्न सफल भएको बताए । प्राचार्य क्षेत्रीले पालिका, जिल्ला, प्रदेश र राष्ट्रियस्तरका मात्र नभई अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत भाग लिने मणिमुकुन्दका विद्यार्थीले कुनै न कुनै उपाधि जित्ने र खाली हात फर्किन नपरेको दावी गरे ।
परिक्षा बोर्ड कार्यालय बुटवलका प्रमुख रोमकान्त तिवारीले मणिमुकुन्द कलेजले शैक्षिक नतिजासंगै अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ता हासिल गरेको भन्दै यो गुणस्तरलाई निरन्तरता दिन आग्रह गरे ।












