
अनुरोध प्रगतिशील युवा क्लबले आफ्नो २४ औँ वार्षिकोत्सब कार्यक्रमको तैयारी अन्तिम चरणमा
अनुरोध प्रगतिशील युवा क्लबले आफ्नो २४-औँ वार्षिकोत्सब कार्यक्रमको तैयारी अन्तिम चरणमा लगेको छ । क्लबका अध्यक्ष मृगेन्द्र हितानले सबलपोष्ट डट कम सगको कुराकानीमा कार्यक्रमको सम्पूर्ण व्यवस्था अन्तिम चरणमा पुगेको बताउनु भयो । खुल्ला वडा स्तरीय भलिवल तथा विविध सास्कृतिक कार्यक्रम गर्दा शारिरिक व्याम,कला र गलाको पहिचान सगै गाउको चिनारीलाई थप बल पुग्ने अध्यक्ष हितानले भन्नुभयो । महाशिवरात्रिको अवसरमा क्लबले प्रत्येक वर्ष आफ्नो कार्यक्रमलाई निरन्तरता दिदै आएको छ । यश वर्ष क्लबले राखेका विभिन्न प्रतियोगिता मध्ये विद्यालय स्तरीय अक्षर लेखन प्रतियोगिता,खुल्ला वडा स्तरीय भलिवल,खुल्ला रेकड डान्स,हन्डिफोर,सोलोबाइक रेस लागएत स्थानीय कलाकारहरुको प्रस्तुति समेत रहनेछ ।
वडा स्तरीय खुल्ला भलिवल कार्यक्रममा खेलाडिले आफ्नो परिचय खुल्ने कुनै पनि कागज जस्तै नागरिकता,लाइसेन्स,वडाको सिफारिस वा जन्मदर्ता मध्य कुनै एक अनिवार्य ल्याउनु पर्ने छ । साथेै विद्यालय स्तरीय अक्षर लेखन कार्यक्रममा भने हामिले कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीहरु सहभागी हुन पाउने छन । जहाँ आयोजकले १०० देखि १५० शब्द नबढने गरि सबैलाई एउटै लेखिएको लेखररचना दिने छौ सोहिको आधारमा प्रथम,दोस्रो र तेस्रो हुने सहयोगीलाई पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।कल्बले विगतका वर्षहरुमा वृद्धवृद्धा सम्मान कार्यक्रम,न्यून आए भएका विद्यार्थीहरु लाई विद्यालय पोसाक वितरण,सरसफाइ कार्यक्रम लगाएत सामाजिक कार्य समेत गर्दै आएको छ ।क्लबलाई यहाँ सम्म ल्याउन देश तथा विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनी हरु वाट भएको नैतिक,भौतिक र आर्थिक सहयोगले गर्दानै हामी यो स्थान सम्म पुग्न सफल भएको भन्दै धन्यवाद समेत दिनुभयो । तर स्थानीय सरकारले भने कुनै सहयोग नगरेको अध्यक्ष हितानले गुनासो गर्नु भयो । कार्यक्रम यहि फागुन २१ गते देखि २५ गते सम्म मुसिकोट नगरपालिका वडा नम्बर १ अरेवा विसौनाको खेल मैदानमा सन्चालन हुने क्लबका सचिव हरि चालिसेले जानकारी दिनुभयो ।