प्रकाश न्यौपाने
फाल्गुन १८”गते
नवलपरासी । बर्दघाट उद्योग बाणिज्य संघ कालोपट्टी बाधेर बर्दघाट नगरपालिकाको कार्यलयमा बिरोधमा उत्रिएको छ । बर्दघाटको हरियाली नगरमा हिजो देखि लाग्ने भनिएको औद्योगिक व्यापार मेलाको बिषयमा ब्यवसायी बिच बिवाद भएपछि नगरपालिकाले मेला स्थगन गरिदिएको छ ।
यसअघि मेला लगाउनका लागि नगरपालिकाले बाणिज्य संघलाई अनुमती प्रदान गरेकोमा हाल आएर बिबाद पछि आफ्नै निर्णयबाट नगर पछि हटेको ब्यवसायिको भनाई छ ।
“मेयर साबले आफैले अनुमती दिनु भो,हामिले सामान झार्यौ,अहिले आएर एकपक्षीय कुरा सुनेर आफ्नै निर्णयमा टेक्न सक्नु भएन।लाखौ खर्च भयो यसको जिम्मा कसले लिने ?यस्तो अपरिपक्व निर्णय आउला भन्ने कल्पना समेत गरेका थिएनौ“बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले भन्नू भयो।के नगरपालिका कुनै एउटा समूह वा कसैको मात्र हो हाम्रो होईन !निजि क्षेत्रलाई स्थानिय सरकारले गर्ने व्यवहार यहि हो?नौपानेले प्रश्न गर्नु भयो ।“हामिलाई स्थानिय सरकाले नगरका हरेक गतिविधिमा जिम्मेवारी दियोस भन्ने हामिलाई उच्चतम प्रयोग गरियोस ताकी हाम्रो पनि उतिकै योगदान रहोस भन्नेम हामी छौ।तर हामिलाई शत्रुताको ब्यवाहारले हेरिदै छ।हामी आक्रोशित होइन दुखित छौ“के हामिलाई ती विद्यार्थी को भविष्य अनि ती ब्यवसायिको चिन्तानै नभएको होत?बिकल्प नै मेला रोक्नु मात्रै होत?नअध्यक्ष न्यौपानेले भन्नू भयो ।
यता बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले मेलाले नगरभित्रका बिद्यालयमा चलिरहेको आन्तरिक परिक्षा र एसईई लाई असर गर्ने कुराले व्यापक गुनासो आएको हुदा तत्काललाई मेला स्थगन गरिको बताउनु भयो ।“मुलतः बिद्यार्थीकै कुरा आएपछि हामी पछी हटेका हौ,अरु कारण छैन।मेला नै लाग्दैन लाग्नु हुन्न भन्ने होइन एसईई पछी लागाउला“श्रेष्ठले भन्नू भयो ।आईतवार आधिकारिक निर्णय गरेर उद्योग बाणिज्य संघलाई पत्राचार गरिने नगरप्रमुख श्रेष्ठले बताउनु भयो ।












