फाल्गुन २४ गते
नवलपरासी । पश्चिम नवलपरासीका सवल कर्मी प्रकाश न्यौपाने सम्मानित हुनुभएको छ । बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाको रजत जयन्तीको अवसरमा न्यौपानेलाई सम्मान गरीएको हो ।
प्रतिनिधि सभा सदस्य सरिता भुसाल, लुम्बिनी प्रदेश सभा सदस्य बिश्वप्रेम पाठक र बर्दघाट खानेपानीका अध्यक्ष दिपक लम्साल प्रशंसा पत्र र दोसल्ला ओडाएर सम्मान गरेका थिए । खानेपानी, सरसफाइ तथा स्वाच्छताका बारेमा सचेतनामूलक समाचार प्रकाशित गरेर सामाजिक क्षेत्रमा योगदान दिएको भन्दै न्यौपानेलाई सम्मान गरेको हो । बिगत १४ बर्ष देखी पत्रकारीता पेशामा रहनु भएका न्यौपाने सबल नेपाल साप्ताहिकका सह सम्पादक रहनु भएको छ । नेपाल पत्रकार महासङ्ग नवलपरासीका कोषाध्यक्ष र बर्दघाट प्रेस क्लबका सचिब हुनुहुन्छ ।
रजत जयन्तीको अवसरमा बर्दघाट खानेपानीलाई विभिन्न समयमा योगदान पुर्याउने पुर्व अध्यक्ष, पुर्व कार्यसमिति, पुर्व लेखा समिति, प्राबिधिक सल्लाहकार, खानेपानी सुरक्षा योजनाका सदस्यहरु, उत्कृष्ट कर्मचारीको रुपमा ब्यवस्थापक बिष्णु भुसाललाई सम्मान गरिएको थियो ।












