बुटवल,२ चैत । बुटवल एकेडेमिक ईन्स्टिच्युट प्रालि र दाउन्ने देवी स्वास्थ्य तालिम केन्द्रको संयुक्त आयोजनामा प्रमाणपत्र तह सामान्य चिकित्सा एचए अध्ययनरत आफ्ना विद्यार्थीहरुलाई पेशागत सीप तथा क्षमता विकास सम्बन्धी तालिम प्रदान गरिएको छ ।
शुक्रबार बुटवलमा सम्पन्न उक्त तालिम उद्घाटन गर्दै सिटिईभिटी लुम्बिनी प्रदेश कार्यालय बुटवलका उपनिर्देशक यादव सुवेदीले गुणस्तरीय प्राविधिक शिक्षा हासिल गर्ने विद्यार्थीहरु बेरोजगार हुन नपर्ने भन्दै देशमा अझै पनि सामान्य चिकित्सा एचए जनशक्ति आवश्यक भएको बताए ।
विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसंगै जीवन उपयोगी अन्य ज्ञान पनि महत्त्वपूर्ण हुने हुंदा बुटवल एकेडेमीक ईन्स्टिच्युट र दाउन्नेदेवी स्वास्थ्य तालिम केन्द्रले त्यस्ता तालिम विद्यार्थीलाई दिएकोमा प्रशंसा व्यक्त गरे । संस्थाका कार्यकारी अध्यक्ष विनोद घिमिरेले विद्यार्थीलाई पाठ्यक्रमको ज्ञान र प्राक्टिकल संगै पेशासंग सम्बन्धित अतिरिक्त ज्ञान र सीप पनि संस्थाले दिएर विद्यार्थीलाई दक्ष र सीपयुक्त बनाउन संस्था क्रियाशील रहेको बताए ।प्रशिक्षक रमेश अर्यालले सहजिकरण गरेको तालिममा दुई वटा संस्थाका करिब ५० जना विद्यार्थीहरुको सहभागिता रहेको दाउन्ने देवी स्वास्थ केन्द्रका प्रशासकिय अधिकृत शशिराज बेल्बासेले जानकारी दिए ।
बुटवल एकेडेमिक ईन्स्टिच्युट प्रालि र दाउन्ने देवी स्वास्थ्य तालिम केन्द्रतीन वर्षे सामान्य चिकित्सा एचएका कक्षाहरु संचालन गर्दै आएका छन् ।












