सुनवल १२ हरकट्ठामा खुल्ला क्रिकेट प्रतियोगिता हुने

प्रकाशित मिति:

प्रकाश न्यौपाने

चैत ३ गते

नवलपरासी । पश्चिम नवलपरासीको सुनवल १२ हरकट्टामा खुल्ला क्रिकेट प्रतियोगिता हुने भएको छ । हरकट्ठा युवा समूह र राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नवलपरासीको संयुक्त आयोजनामा चैत १० गतेदेखी २० गतेसम्म खुल्ला क्रिकेट प्रतियोगिता संचालन गर्न लागिएको हरकट्ठा युवा समूह अध्यक्ष मिनप्रसाद बस्यालले आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनु भयो । पत्रकार सम्मेलनमा बोल्दै बस्यालले १० दिन सम्म संचालन हुने खेलमा करिव  २० टिमको सहभागी हुने जानकारी दिनु भयो ।

प्रथम हुनेलाई २० हजार मेडेल,  प्रमाणपत्र र ट्रफी त्यस्तै द्धितीय हुनेलाई १० हजार मेडेल, ट्रफी पुरस्कार रहेको छ । म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्स म्यान, उत्कृष्ट बलर र अनुसाशित टिमलाई ट्रफि र मेडल सहितको पुरस्कृत गरिने बस्यालले बताउनु भयो  ।

 

शारीरिक रुपमा खेलले तन्दुरुस्त गराउछ भने मानसीक रुपमा सगितले त्यसैले खेल प्रेमी र संगीत प्रेमी मिलेर खेलको आयोजना गरिएको राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नवलपरासीकी अध्यक्ष श्यामकला भण्डारीले जानकारी दिनु भयो ।

खुल्ला क्रिकेट प्रतियोगितामा करिब ५ लाख खर्च लाग्ने अनुमान गरिएको प्रतियोगिताको संरक्षक एवम् राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान बरिष्ठ उपाध्यक्ष राजकुमार श्रेष्ठले बताउनु भयो  ।

सुनवल नगरपालिकाले ३लाख र अन्यसंग सहयोगमा प्रतियोगिता आयोजना गरिएको बताए ।