पन्चनगर खानेपानीमा नयाँ नेतृत्वको सपथ ग्रहण

प्रकाशित मिति:

प्रकाश न्यौपाने
चैत १४ गते
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट १० मा रहेको पन्चनगर खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाको छैठौं अधिबेशनबाट निर्वाचित नयाँ समितिलाई सपथ ग्रहण गराइएको छ ।

सपथ ग्रहण कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत बद्री प्रसाद सुबेदीले नव निर्वाचित कार्यसमिति र लेखा समितिलाई पद तथा गोपनियताको सपथग्रहण गराउनु भएको हो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष यम बहादुर क्षेत्रीको स्वागत रहेको कार्यक्रममा संविधान सभा सदस्य बिक्रम खनाल, बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठ, बर्दघाट १० का वडा अध्यक्ष राजु मिश्र लगायतले नवनिर्वाचित समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो ।