प्रकाश न्यौपाने – वैशाख नवलपरासी । पश्चिम नवलपरासीमा कठोर ढुङ्गाबाट सुन्दर मुर्तिहरु बनाउनेहरु अन्यौलमा परेका छन । ढुङ्गाबाट मुर्ति बनाउनेलाई जवहीर भनिन्छ । अहिले तिनै जवहिर आफ्नो भबिष्यलाई कता तिर लैजाने भन्ने अन्योलमा छन् । उनले पुर्खाको पेशा अँगाले । अहिलेको महङ्गिको बेलामा जिविका सुधारका निमित्त नयाँ अवसर खोज्ने कि त्यही पुर्ख्यौली पेशाप्रति बफादार रहिरहने भन्ने अन्तरद्वन्द्वले उनलाई छिन छिनमै पिरोलिरहन्छ । उनलाइ अहिले पुर्खौली पेशा “नखाउ भन्न दिन भरिको शिकार खाउ भने … को अनुहार ” भन्ने नेपाली उखान जस्तै भएको छ । यो जवहिर पत्थरकट्टाको बिषय हो । उनको पुर्खौली पेशाको कारण नामको पछाडी ‘पत्थरकट्टा’ जोडीन्छ । पछाडि ‘पत्थरकट्टा’ ले पत्थर काट्ने वा ढुङ्गा कुँद्ने परम्परागत पेशा भएका मानिसको समूह वा जातिलाई बुझाउँछ । विशेषगरी नेपालका केहि दलित समूहले पुर्खौ देखि यो पेशा अंगालेको देखिन्छ ।
उनि आफ्ना दिनहरू ढुङ्गासँगै बिताउँछन् । दिउसोको प्रचण्ड गर्मी तथा टन्टलापुर घाम नै किन होस् या कठ्याङ्ग्रिँदो जाडो, परासीको एउटा सानो घर अगाडि उनि धुलाम्य पहिरनमा ढुङ्गा कुँदिरहेका भेटिन्छन् । उनि नजिकैको सर्दि खोलाबाट ल्याएका ढुङ्गाबाट लोरो, सिलौटो, जाँतो र ओखली जस्ता घरेलु उपभोगका सामान बनाउँछन् । कहिलेकाहीँ उनि देवी देउताका मूर्तिहरू पनि कुँद्छन् । ढुङ्गा कुदेर मुर्ति देखी अन्य घरेलु प्रयोग हुने विभिन्न समाग्री त बनाउछ्न तर साझ के खाने र कसरी दैनिकी निर्वाह गर्ने चिन्तै चिन्तामा काम गरिरहेका छन उनि । ढुङ्गामा सुन्दर मुर्ती बनाउने उनी त्यही ढुङ्गा भित्र आफ्नो भविष्य त खोजिरहेका छन तर सास छ आस छैन भने जस्तै छ उनको जीवन । जीवन अभावै अभावमा बिताएका उनले आफ्नो जिवन पुर्खौली पेशाले अन्यौल बनाएको बताउछन् । दिन-रात, घाम-पानी, हावा-हुरि केही नभनी ढुङ्गा कुदेर उनले सामान बनाउछन तर सामानहरू बजारमा बिक्दैनन् न ति सामानको निश्चित मुल्य या बजार दर भाउ नै छ । आफैले कुदेर बनाएका ढुङ्गाका सामाग्रीहरु कहिले लोरो त कहिले सिलौटो, त कहिले मुर्ति बोक्दै ग्राहकको खोजीमा गाउँगाउँ चाहार्छन् । कहिले कसैले किनिहाल्छ त कहिले निराशामै फर्किनुपर्छ । कहिले सोचेकै मूल्य पर्छ त कहिले घाटा बेहोर्नुपर्छ । गह भरी आँसु भरिएका जवहिर आफ्नो परिवारको कठिन आर्थिक अवस्थाको सम्पुर्ण दोष आफ्नो अशिक्षालाई दिन्छन् । आफ्नो पिडा खोख्दै भन्छन् -” यो वा त्यो कारणले मैले पढ्न पाइन अहिले दिन रात दु:ख गर्यो केहि कमाइ छैन ।
मेहनत गरेर समान त बनाउछु तर बिक्री हुदैन । अहिलेको महङ्गीमा घर के कसरी चलाउने भन्ने पिरलो मात्र छ ।” दुइ छोरीका बुवा उनीलाई छोरा नभएकोमा केहि गुनासो छैन बरू छोरीलाई पनि छोरा समान अवसर दिनुपर्नेमा विश्वास राख्छन् । ” अहिले ढुङ्गा कुँदेर आएको केहि आम्दानीले छोरीहरूलाई विध्यालय पठाइरहेको छु । मैले पढ्न नपाउदा निकै दु: ख पाएको छु, छोरीलाइ उच्च शिक्षा पढाउने नै हो ।” अहिलेको अवस्था हेर्दा ढुङ्गा कुँदेको आम्दानीले भविष्यमा छोरीहरूको पढाइ खर्च धान्न मुस्किल पर्ने चिन्ताले उनलाई सताउँछ । सिपालु हात र अथक श्रमका बाबजुद जवहिरको आम्दानी न्यूनस्तरको छ । नेपाली समाजले उनको पेशालाई मान प्रतिष्ठा टक्र्याउन हिचकिचाउँछ । आधुनिकताको युगले मानिसलाई लोरो सिलौटो चलाउन दिँदैन । मिक्सर र ब्लेन्डरको जमानामा परम्परागत ढुङ्गे लोरो, सिलौटो, जाँतोजस्ता सामानको माग छैन । त्यसैले बजारमा जवहिरको सिपले स्थान पाएको छैन । यसकारण उनीले अहिले सम्म गर्दै आएको यो पुर्खौली पेशा र आफ्नो परिवार दुवैको भविष्य अन्त्यतै अन्यौल देखिरहेका छन । अर्कोतर्फ जबहिर लाई ढुङ्गाप्रति सम्मान छ । उनी ढुङ्गा कुँद्ने पेशालाई आफ्नो जातिको पहिचान ठान्दछन् । पुर्ख्यौली पेशा आफूले अवलम्बन गर्न नसके नयाँ पुस्ता आफ्नो अस्तित्वका बारेमा बेखबर हुने र यो पेशा बिस्तारै हराएर जाने डर उनमा छ । त्यसैले पुर्ख्यौली पेशा जोगाउने जिम्मा आफ्नै काँधमा रहेको उनलाई भनाइ छ । अहिले परिवारको सुनिश्चित भविष्यका लागि विदेशिने सोच एकातिर छ भने अर्कोतर्फ पुर्ख्यौली पेशाप्रतिको कर्तव्य भावले जवहिरलाई बाँधिरहेको छ । जवहिर अन्योलमा छन् । पुर्खौ देखी गर्दै आइरहेको पेशाको सरक्षणमा कहि कतैबाट पनि कुनै सहयोग नहुदा पेशा छोड्ने कि गर्ने ! हो उनि अन्यौलमै छन । (यो स्थलगत रिपोर्ट राज अधिकारीको सहयोगमा नवलपरासीबाट प्रकाश न्यौपानेले तयार पारेको रिपोट