बर्दघाटको पञ्चनगरमा पाँच दिने योग शिवर 

प्रकाशित मिति:

प्रकाश न्यौपाने

जेष्ठ २९ गते

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका  ९ पञ्चनगरमा ५ दिने निशुल्क योग शिविर सुरु भएको छ । त्रिनेत्र जेष्ठ नागरिक दिवा सेवा केन्द्रको आयोजना र पतञ्जली योग समिति जिमिरेभारको सहकार्यमा जेठ २९ गते देखी असार ५ गते सम्म शिविरकोे आयोजना गरिएको हो ।
शिविरको उद्घाटन गर्दै बर्दघाट नगरपालिकाका नगर प्रमुख सम्भुलाल श्रेष्ठले योगले मानिसलाई शारिरिक र मानसिक रुपमा स्वस्थ बनाउने बताउनुभएको थियो । उहाँले बर्दघाट नगरपालिकाले योगलाई निति तथा कार्यक्रममै समावेश गरिसकेको र १६ वटै वडामा संचालन गरिने बताउनुभयो ।
शिविरमा साविक पञ्चनगर अन्तरगत बर्दघाट नगरपालिकाका वडा नम्बर ८, ९, १० र ११ का नागरिकहरुको सहभागिता रहेको छ । पतञ्जली योग समिति त्रिनेत्रधामका संयोक नरेश पंगेनीले सहभागिहरुलाई योग अभ्यास गराईरहनुभएको छ ।
शिविर तनहुँ रुपाकोट पार्टी प्यालेसको सभाहलमा संचालन भैरहेको छ । शिविरको समापन असार ५ गते हुनेछ । योग बिहान ५ बजे देखी ७ बजेसम्म सञ्चालन हुने आयोजनाले जानकारी दिनु भयो ।