लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा रहेका हरेक संभावनाहरुलाइ एकाकार गरि अगाडी बढाउनु पर्नेमा गण्डकी प्रदेश सभा सदस्य महेश भट्रराईको जोड
लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा रहेका हरेक संभावनाहरुलाइ एकाकार गरि अगाडी बढाउनु पर्नेमा गण्डकी प्रदेश सभा सदस्य महेश भट्रराईले जोड दिनु भयो । गण्डकी र लुम्बिनीमा विभिन्न प्रकारका संभावना रहेका छन ती संभावनालाई आत्म साथ गरी दुवै प्रदेशको समन्वयमा काम गर्नुं पर्ने समेत प्रदेश सदस्य भट्रराईले सुझाव दिनु भयो । स्याङजा गल्याङ नगरपालिका रुपन्देही सम्र्पक समाजको प्रथम साधारण सभामा शनिवार वोल्दै प्रदेश सदस्य भट्रराईले बुटवल पोखरा सडकको स्तरबृद्धि गर्न जरुरी रहेको भन्दै बेलहिया कोरोला नाकासम्म एकसाथ विकास गर्नका लागि दुवै प्रदेशका सरकार बीच पाल्पाको रानीघाटमा हालै बसेको बैठकले मार्ग प्रस्स्त गरेको खुलासा गर्नु भयो ।
कार्यक्रममा गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु भट्रराईले जनताका असिमित चाहानालाई साकारपार्न र सागुरिदै गएको हार्दिकतालाई फराकिलो बनाउनका लागि यस्ता समाजको भूमिका महत्व पूर्ण हुने धारणा राख्नु भयो । नगर प्रमुख भट्रराईले स्याङजामा जन्मेर विभिन्न कारणले रुपन्देहीमा वसोवास गर्नुहुनेहरुले जन्म थलोलाई केही न केहीले भएपनि सधै सम्झीरहनु पर्ने भन्दै सोत्तको खुम्चायीलाई फराकिलो बनाउन सुझाव दिनु भयो ।
कार्यक्रममा गल्याङ नगरपालिकाका नगर उप प्रमुख हेमा देवि तिमल्सीनाले संम्बिधानले परिकल्पना गरे अनुसार तीन तहको सरकार मध्ये स्थानिय तहको सरकार हरेक जनताको घर दैलोमा पुग्ने सरकार भएको बताउनु भयो । उहाँले हरेक जनताको मर्म र भावनालाई बुझेर कामगर्नका प्राप्त मताधिकारको पूर्ण रुपमा कार्यान्वयन गर्ने प्रतिवद्ध व्यक्त गर्नु भयो । स्याङजा गल्याङ नगरपालिका रुपन्देही सम्र्पक समाजका अध्यक्ष जनक कुमार श्रेष्ठका सभापतित्वमा भएको कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष ढाकाराम न्यौपाने ५ का अध्यक्ष घनश्याम भट्रराई ११ का अध्यक्ष दल बहादुर सिंजाली समाजका वरिठ उपाध्यक्ष एसबी खड्का , सचिव पिताम्बर अर्याल लगायतले वोल्ु भएको उपाध्यक्ष जय प्रकाश भट्रराईले बताउनु भयो ।












