नेपाल पौरस्त्य समाजको शुभकामना तथा पुनर्गठन

प्रकाशित मिति:

नयाँ वर्ष २०८२ को अवसरमा नेपाल पौरस्त्य समाजले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

समाजका संस्थापक अध्यक्ष प्रा. डा. बाबुराम ज्ञवालीको अध्यक्षता तथा प्रा डा. गणेश पाठकको प्रमुख आतिथ्यतामा तिलोत्तमा ५, मणिग्राम स्थित मणिग्राम बिश्राम बाटिका प्रा. लि. मा सम्पन्न ऊक्त कार्यत्रममा बिशिष्ट अतिथि गिरिशमणी आ. दी., राममणी क्याम्पसका पूर्व क्याम्पस प्रमुख मोहनराज शर्मा, विश्व हिन्दु महासंघ, तिलाेत्तमाका अध्यक्ष तारा प्रसाद भुसाल लगायतले शुभकामना दिनुभएको थियो ।

सोही कार्यक्रममा समाजको पूनर्गठन समेत गरिएको थियो । पूनर्गठित समितिको उपाध्यक्षमा उत्तर कुमार पराजुली, सचिबमा अमर डि. सी., कोषाध्यक्षमा हुमराज भुसाल, सहसचिबमा मुक्तिनाथ गैह्रे तथा सदस्यहरुमा डा. अनन्त पन्थी, चक्रपाणी डुम्रे, राजु भुसाल तथा कबिता पन्थी रहनुभएको छ । साथै, प्रा. डा. गणेश पाठक, गिरिशमणी आ. दी. र मोहनराज शर्मालाई सल्लाहकारमा मनोनित गरिएको छ ।

अमर डि. सी. को स्वागत मन्तब्य तथा हुमराज भुसालको समापन मन्तब्य रहेको ऊक्त कार्यत्रमको संचालन मुक्तिनाथ गैह्रेले गर्नुभएको थियो ।