हिम बहादुर पराजुलीको चौरासी पूजाको अवसरमा सामाजिक तथा धार्मिक सेवा

प्रकाशित मिति:

स्याङ्जा जिल्लाको वालिङ नगरपालिका–८, भिआइपी टोल निवासी हिम बहादुर पराजुलीको ८४ औं जन्मोत्सव (चौरासी पूजाको अवसर) भव्य रूपमा सम्पन्न भएको छ। नेपाल तरुण दलका केन्द्रीय सदस्य इन्जिनियर दिपेन्द्र क्षेत्रीका पिता पराजुलीको दीर्घायूको कामना गर्दै परिवारजनले धार्मिक र सामाजिक सेवाका विभिन्न कार्यक्रमहरू आयोजना गरेका हुन्। चौरासी पूजाको विशेष अवसरमा पराजुली परिवारले रामनदीधाम संस्कृत गुरुकुलमा भोजन र दक्षिणा वितरण गरेका थिए। साथै, श्री शिव–पार्वती वृद्धाश्रममा समेत भोजन सेवा र सहयोग प्रदान गरिएको थियो। त्यसैगरी, स्थानीय गौशालाका गाईहरूलाई पोषणका लागि चोकर वितरण गरिएको थियो। यी सबै सेवामूलक कार्यहरू श्रीमती जमुना पराजुली र कृष्णकुमारी पराजुलीको साथमा सम्पन्न गरिएको हो। कार्यक्रममा समाजका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो, जसले पराजुलीको लामो आयु र सेवा भावना प्रशंसा गर्दै शुभकामना व्यक्त गरे। धार्मिक आस्था, सामाजिक उत्तरदायित्व र पारिवारिक समर्पण झल्काउने यो कार्यक्रमले समुदायमा सकारात्मक सन्देश दिएको छ। पराजुली परिवारले भविष्यमा पनि यस्ता समाजसेवी गतिविधि निरन्तर जारी राख्ने प्रतिबद्धता जनाएको छ।