ग्रिन तिलोत्तमा, क्लिन तिलोत्तमा अभियानअन्तर्गत १४३औं नगर सरसफाइ श्रृङ्खला कोटिहवा चोकमा सम्पन्न

प्रकाशित मिति:

तिलोत्तमा नगरपालिका वडा नं. १५ स्थित कोटिहवा चोकमा जेष्ठ १ गते “ग्रिन तिलोत्तमा, क्लिन तिलोत्तमा” अभियानअन्तर्गत १४३औं नगर सरसफाइ श्रृङ्खला व्यापक जनसहभागितासहित सम्पन्न भएको छ।

कार्यक्रमको सञ्चालन वडा सचिव श्री मान बहादुर खातीले गर्नुभएको थियो भने सरसफाइ कार्यक्रम वडा नं. १५ का कार्यवाहक वडा अध्यक्ष श्री क्षितिजा पौडेल क्षेत्रीको अध्यक्षता र नगर प्रमुख श्री रामकृष्ण खाँणको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रममा वडा नं. १५ का वडा सदस्यहरू, वातावरण शाखाका अधिकृत श्री गोरखनाथ खनाल, आमा समूहका पदाधिकारीहरू, लिस्नो युवा क्लब, टोल विकास संस्था, वडा निवासी नागरिकहरू, नगर प्रहरी र अन्य कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

तिलोत्तमा नगरपालिकाले हरेक महिनाको १ र १५ गते सरसफाइ कार्यक्रम सञ्चालन गर्दै आएको छ। वातावरणीय चेतना अभिवृद्धि र सफा तथा हरित नगर निर्माण गर्ने उद्देश्यले सञ्चालन हुने यस अभियानमा स्थानीय तहको सक्रिय सहभागिता उत्साहजनक देखिएको छ।