वालिङमा दुई दिवसीय आत्मरक्षा तालिम सुरु,कार्यक्रमलाई जिल्लाभर सञ्चालन गर्नुपर्नेमा वक्ताहरुको जोड

प्रकाशित मिति:

स्याङ्जा – स्याङ्जाको वालिङमा सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजना र अकला आवाज राष्ट्रिय साप्ताहिकको सहकार्यमा दुई दिने आत्मरक्षा तालिमको औपचारिक उद्घाटन गरिएको छ ।शुक्रबार वालिङ् उधोग वाणिज्य संघको सभाहलमा कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य कल्पना तिवारीले कार्यक्रमको प्रशंसा गर्दै यस्ता कार्यक्रमलाई जिल्लाभर सञ्चालन गर्नुपर्नेमा जोड दिनु भएको थियोे । सदस्य तिवारीले सामाजिक विकास कार्यलयको कार्यक्रमलाई स्थानीय तहहरुले समेत अनुसरण गर्नुपर्ने बताउदै अगाडि बढ्दा समाजमा महिलाहरुको शारीरिक र मानसिक आत्मबल बढ्नेमा जोड दिनुभएको थियोे ।
कार्यक्रम वालिङ् नगर उपप्रमुख कविता तिवारीले नगरपालिका भित्रका शैक्षिक संस्थाहरुको उपस्थितिमा समयसापेक्ष कार्यक्रम आयोजना गरेकोमा सामाजिक विकास कार्यलय र अकला आवाजलाई धन्यवाद दिदै आगामी बर्षहरुमा वालिङ् नगरपालिकाले समेत यस्ता कार्यक्रममा गर्न सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियोे ।कार्यक्रममा अकला आवाज साप्ताहिकका प्रधानसम्पादक प्रकाश डुम्रेले मिडिया मार्फत जिल्लाको समृद्धि र सामाजिक सशक्तीकरणमा लाग्ने बताउदै सबै संगको सहकार्य र समन्वयमा जनपक्षीय कार्यहरू गर्ने बताउनुभयो ।कार्यक्रममा वालिङ् शिक्षा अधिकृत दुर्गा गैह्रे,सामाजिक शाखा प्रमुख उमादेवी डुम्रे,रेडियो आधिखोलाका अध्यक्ष शान्ता थापा,सामाजिक अगुवा महिला जैसरा रेग्मी,वडा प्रहरी कार्यलयका प्रहरी निरीक्षक कुमार शर्मा, बरिस्ठ प्रशिक्षक तस्विन पुन,क्याप्टेन तारा प्रसाद श्रेष्ठ,वालिङ जेम्नेस्टिङका सचिव निरु भट्टराई लगायतको उपस्थिति रहेको थियोे ।
सामाजिक विकास कार्यलय स्याङ्जाका प्रमुख जीवन पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै पौडेलले छात्रा तथा महिलाहरूलाई आत्मरक्षा सम्बन्धी आवश्यक सीप र ज्ञान प्रदान गर्नु रहेको बताउदै जिल्लाभर यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउने बताउनुभयो । कार्यक्रममा वालिङ नगरका विभिन्न विद्यालयका छात्राहरू, युवा, स्थानीय महिला समूहका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। तालिममा प्रशिक्षित प्रशिक्षकहरूद्वारा व्यवहारिक अभ्यासमार्फत आत्मरक्षा सम्बन्धी विभिन्न प्रविधिहरू सिकाइने जनाइएको छ।
कार्यक्रममा विभिन्न माध्यमिक विधालयका ४५ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियोे ।

सामाजिक विकास कार्यालय स्याङ्जाले महिला सशक्तीकरण, लैङ्गिक हिंसा न्यूनीकरण, तथा सुरक्षित समाज निर्माण गर्ने लक्ष्यसहित यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ।कार्यक्रममा सहभागीहरूले यस्ता तालिमहरू नियमितरूपमा आयोजना हुनुपर्ने आवश्यकता औंल्याएका छन्। प्रशिक्षण कार्यक्रम शनिबारसम्म जारी रहनेछ।
कार्यक्रमको सञ्चालन अकला आवाज राष्ट्रिय साप्ताहिकका सम्वाददाता एवम् कार्यक्रम संयोजक आयुष्मा काफ्लेले गर्नुभएको थियोे ।सामाजिक विकास कार्यलयले स्याङ्जामा पछिल्लो समय दर्जनौं रचनात्मक एवम् सिर्जनात्मक कार्यक्रम गर्दै सामाजिक एवम् शैक्षिक जागरणका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।