मविरुद्ध पूर्वाग्रहका आधारमा षड्यन्त्र भएको छ- गृहमन्त्री

प्रकाशित मिति:

काठमाडौं, जेठ- गृहमन्त्री रमेश लेखकले ‘भिजिट भिसा’ प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै आफूविरुद्ध राजनीतिक पूर्वाग्रहका आधारमा षड्यन्त्र भएको बताएका छन्। बुधबार पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखकले उक्त भनाई राखेका हुन्। भिजिट भिसामा मेरो संलग्नता देखाएर सामाजिक सञ्जालमार्फत धारणा आएका छन्। यी असत्य कुरा हुन्। यो बेठिक कुरा हो। यसमा मेरो कुनै संलग्नता छैन। आफूविरुद्ध नियोजित र षड्यन्त्रपूर्वक ढंगबाट आक्रमण भएको छ,’ पत्रकार सम्मलनमा गृहमन्त्री लेखकले भने।उनले आफुमाथिको आक्रमण राजनीतिक पूर्वाग्रहले प्रेरित रहेको बताउँदै यो क्रम जारी रहेको पनि बताए।