ग्रामिण लघुवित्तले द्वारा बुटवलमा वित्तीय साक्षरता कार्यक्रम

प्रकाशित मिति:

ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लि. बुटवलले आर्थिक समृद्धिका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । लघुवित्तबाट ऋण लगेका ऋणीहरुले नियमित ऋण बुझाउन अटेरी गर्ने, ऋण तिर्नु नपर्ने जस्ता भ्रमहरु सिर्जना गरेर समाजमा आर्थिक अराजकता बढाउन केही समुह लागिरहेको बेला गा्रमिण लघुवित्तले गरेको वित्तीय साक्षरता कार्यक्रम आम मानिसहरुमा आर्थिक अनुशासन कायम गर्दै आर्थिक समृद्धि हासिल गर्न प्रेरित गर्ने उद्देश्यसहित कार्यक्रमका आयोजना गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथीको रुपमा नायव कार्यकारी प्रमुख दिपक पाण्डेले आर्थिक अनुशासनमा रहेर काम गर्ने हो भने लघुवित्तले समग्र ग्रामिण क्षेत्रमा मानिसहरुको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले ग्रामिण क्षेत्रको विकास गर्न आर्थिक रुपमा आत्मनिर्भर बन्दै आफूलाई आवश्यक तरकारीजन्य बस्तुहरु आफैंले उत्पादन गर्ने बानीको विकास गर्न सके अरुको मुख ताक्नु नपर्ने भन्दै उपयुक्त योजना र सहि क्षेत्रमा लगानी गर्ने सुनिश्चित भएमा लघुवित्त लगानी गर्न सधैं तयार रहेको बताउनुभयो । उहाँले ऋणीले लिएको ऋण आम मानिसकै पैसा भएको कारणले तिर्न पर्दैन कि भन्ने भ्रम नबसी सहि समयमा नियमित उत्पादन गर्ने र ऋण तिर्ने बानीको विकास गर्न पनि जोड दिनुभयो । त्यस्तै कार्यक्रममा कर्जा लगानी तथा असुली विभाग प्रमुख मोतिराम अधिकारीले लघुवित्तबाट १ करोडभन्दा धेरै जनसंख्या लाभान्वित भैरहेको र यो संख्या अझ बढाउनुपर्ने जोड दिनुभयो । उहाँले लघुवित्त जस्ता वित्तिय संस्थामा आम मानिसकै रकम जम्मा हुने भएकोले यसलाई प्रयोग गरेर आफ्नो आर्थिक अवस्था उकास्ने हो तर ऋण लिने र फरक ठाउँमा खर्च गर्ने अनी तिर्न नपर्ने भ्रम पाल्न नहुने उहाँको जोड थियो ।
१०० भन्दा बढी सहभागिता रहेको उक्त कार्यक्रममा सहभागीहरुले ऋण, लघुवित्तीय नीति लगायतका विषयमा अन्तरक्र्रिया समेत गरेका थिए । कार्यक्रममा बचतको बानी र लघुवित्तको नीतिका बारेमा नायव कार्यकारी प्रमुख दिपक पाण्डे, वित्तीय साक्षरतासम्बन्धि जानकारी कर्जा लगानी तथा असुली विभाग प्रमुख मोतिराम अधिकारी र कर्जा लिने प्रक्रिया र नियमित तिर्ने कानुनी प्रावधानको विषयमा जनशक्ति व्यवस्थापन तथा तालिम विभाग प्रमुख खगेन्द्र प्रसाद अर्यालले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम संस्थाका उपप्रबन्धक मधुसुदन पोख्रेलले सञ्चालन गर्नुभएको थियो । कार्यक्रमले वित्तिय साक्षरता, कर्जाको सदुपयोग र आर्थिक अनुशासनको बारेमा बृहत छलफल र तालिम समेत सम्पन्न भएको छ ।