बृक्षरोपण र संरक्षण गरि वातावरण संरक्षण गर्न सकिनेमा सरोकारवालाहरूको जोड

नवलपरासी । राष्ट्रिय सरसफाइ सप्ताह २०८२ तथा विश्व वातावरण दिवसको अवसरमा “सुरक्षित सरसफाइमा समावेशिता: हाम्रो प्रतिबद्धता, प्लास्टिक प्रदूषण न्यूनीकरण: हाम्रो दायित्व” भन्ने मूल नारासहित बर्दघाटमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि एवं बर्दघाट नगरपालिकाका पूर्व नगरप्रमुख धिरज शर्मा बस्यालले जलवायु परिवर्तनका कारण हिमताल फुट्ने जस्ता विपद् आउने क्रम बढिरहेको बताउँदै वातावरण संरक्षणमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो। “वृक्ष रोपेर मात्र पुग्दैन, रोपिएका बिरुवाहरूको संरक्षण पनि अनिवार्य छ,” बस्यालले भन्नुभयो।
नगरपालिकाका उपप्रमुख रुद्र प्रकाश उपाध्यायले वातावरण संरक्षणका कार्यहरू व्यवहारमा उतार्नुपर्ने आवश्यकता औंल्याउँदै, बर्दघाट नगरपालिकाले भौतिक योजना बजेटको दुई प्रतिशत रकम वातावरण संरक्षणमा विनियोजन गर्ने योजना अघि सारेको जानकारी दिनुभयो। उहाँले, “भौतिक विकास गर्दा वातावरणमैत्री दृष्टिकोणबाट सोच्न जरुरी छ,” भन्नुभयो।
कार्यक्रममा बर्दघाट–४ का वडा अध्यक्ष बेदबिना तिवारीले वातावरणको सरक्षणका लागी बृक्षारोपण गर्दै सिमसार क्षेत्रको बिकास एब बिस्तार गर्नुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा कार्यपालिका सदस्य गोबिन्द बि. क. र मन्जु चालिसे, संस्थाका निवर्तमान अध्यक्ष धातानन्द बस्याल, पूर्व अध्यक्ष सिद्धिबिलास हमाल, जिल्ला खानेपानी महासंघका जिल्ला अध्यक्ष देवीदत्त सापकोटा, पारिजात सामुदायिक वनका उपाध्यक्ष राजबहादुर शाही, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ताराप्रसाद गौतम, र बर्दघाट प्रेस क्लबका अध्यक्ष कुस्माकर ढकालले समेत आफ्ना धारणा राख्दै वातावरण संरक्षणमा सबैले आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्ने बताएका छ्न ।
कार्यक्रमको स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष कमल थापाले राख्नुभएको थियो। उहाँले जलवायु परिवर्तनका असरहरू गम्भीर बन्दै गएको उल्लेख गर्दै हिमताल फुट्ने घटनाले ठूलो विपद् निम्त्याउन सक्ने खतरा औंल्याउनुभयो।











